Logo

Aug 27 2025 | २०८२, भदौ ११गते

Aug 27 2025 | २०८२, भदौ ११गते

images

अर्बिट इनर्जी लिमिटेडले गर्ने भयो आईपीओ निष्कासन, विशेष साधारण सभा असार २० गते

अर्बिट इनर्जी लिमिटेडले गर्ने भयो आईपीओ निष्कासन, विशेष साधारण सभा असार २० गते

  •  

    काठमाडौं । अर्बिट इनर्जी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ। असार ८ गते बसेको सञ्चालक समितिको बैठकले आईपीओसहित अन्य विविध प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाउने निर्णय गरेको हो। सभा कम्पनीको रजिस्टर्ड कार्यालय हाँडीगाउँ, काठमाडौंमा दिउँसो ३ बजे आयोजना गरिनेछ।

    कम्पनीले आईपीओसँगै हकप्रद शेयर पनि जारी गर्ने प्रस्ताव ल्याएको छ। यसका लागि आवश्यक सम्पूर्ण प्रक्रिया तथा जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभामा पेश गरिनेछ।

    विशेष साधारण सभाको प्रयोजनका लागि कम्पनीले असार २० गते बुक क्लोज मिति निर्धारण गरेको छ। बुक क्लोजको आधारमा असार १९ गतेसम्म कायम रहेका शेयरधनीहरुले मात्र सभामा सहभागिता जनाउन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij