Logo

Jun 25 2025 | २०८२, असार ११गते

Jun 25 2025 | २०८२, असार ११गते

images

हेटौँडा उपमहानगरपालिकाको बजेट दुई अर्ब ९० करोड

हेटौँडा उपमहानगरपालिकाको बजेट दुई अर्ब ९० करोड

  • मकवानपुर ।  हेटौँडा उपमहानगरपालिकाद्वारा आज आयोजित १७औँ नगरसभामा उपप्रमुख राजेशकुमार बानियाँले आगामी आव २०८२÷८३ का लागि रु दुई अर्ब ९० करोड तीन लाख १० हजार लागतको बजेट प्रस्तुत गर्नुभएको छ । 
     
     उक्त सार्वजनिक गरिएको बजेट पुस्तिकाको तथ्याङ्कमा कूल बजेटमध्ये पुँजीगत र चालु खर्चतर्फको रकम विवरण उल्लेख गरिएको छैन । उपमहानगरपालिकाका प्रमुख मीना लामाले सो नगरसभाको उद्घाटन गर्दै हेटौँडालाई आधुनिक सुविधा सम्पन्न सहरमा रुपान्तरण गर्न र कृषि उत्पादन, पर्यटन, कला संस्कृतिको विकासलाई अब दीर्घकालीन रुपमा आयोजना बैंकमार्फत कार्यान्वयन गर्दै लैजाने नीति रहेको बताउनुभयो ।
     
     उहाँले हेटौँडा नगरलाई औद्योगिक विकास ग्रामको स्तरमा अभिवृद्धि गर्न, हेटौँडा अस्पताललाई स्तरोन्नति गर्ने, विपन्न दलित आदिवासी जनजातिको स्वास्थ्योपचारमा गुणात्मक सेवा प्रदान गर्न उपमहानगरपालिकाले गुरुयोजना तर्जुमा गरी कार्र्यान्वयनमा ल्याउने उल्लेख गर्नुभयो ।
     
     प्रमुख लामाले वनस्पतीखेतीको विस्तार, नगरका सबै वडा समितिमार्फत सर्वसाधारणको सेवालाई थप गतिशील तुल्याउने र हेटौँडा नगरमा बसोबास गर्ने नेपाली नागरिकबाट तेस्रो सन्तानका रुपमा जन्मदिनेलाई प्रोत्साहन गर्न आगामी वर्षदेखि कोषको स्थापना गरिने बताउनुभयो ।
     
     उक्त अवसरमा उपप्रमुख बानियाँ, वडा नं ४ का वडाध्यक्ष नवीनकुमार सिग्देलले आगामी आवको बजेट दलगत स्वार्थभन्दा माथि उठेर उपमहानगरपालिका क्षेत्रका सबै जनताको आवश्यकता पूरा गर्न भौतिक पूर्वाधार विकासका साथै आर्थिक समृृद्धिलाई जोडने र नगरमा सुशासन ल्याउने कार्यमा स्थानीय नगर कार्य समिति र राजनीतिक दलहरुको बीचमा सहकार्य र समन्वय हुनुपर्ने बताउनुभयो । 
     
     आज सार्वजनिक गरिएको बजेटमाथि यही असार २७ गतेदेखि सुरु हुने नगरसभाको बैठकमा पूर्ण छलफल गरी पारित गर्ने कार्यसूची रहेको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिनुभयो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij