Logo

Oct 26 2025 | २०८२, कात्तिक ९गते

Oct 26 2025 | २०८२, कात्तिक ९गते

images

दरमखोला हाइड्रोको आइपीओमा ८ करोडभन्दा बढीको आवेदन, मागभन्दा २.७६ गुणा बढी

दरमखोला हाइड्रोको आइपीओमा ८ करोडभन्दा बढीको आवेदन, मागभन्दा २.७६ गुणा बढी

  •  

    काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरेको प्राथमिक शेयर ९क्ष्एइ० मा ठूलो उत्साह देखिएको छ। कम्पनीको आइपीओमा हालसम्म ८ करोड ८ लाख ७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ।

    सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार असार ११ गते साँझ ५स्०६ बजेसम्म ४० हजार ७२८ जना आवेदकले ८ लाख ८ हजार ७० कित्ताका लागि आवेदन दिएका छन्। यो माग उपलब्ध कित्ता २ लाख ९१ हजार १५० को तुलनामा २.७६ गुणा बढी हो।

    दरमखोला हाइड्रोले असार ९ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ निष्काशन गरेको हो। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। आवेदन दिने अन्तिम म्याद असार २३ गतेसम्म रहेको छ।

    विदेशमा रहेका नेपालीहरुले सी–आस्वा सेवा उपलब्ध गराउने बैंक तथा वित्तीय संस्था वा ‘मेरो सेयर’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। यस आइपीओको बिक्री व्यवस्थापन लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij