Logo

Oct 26 2025 | २०८२, कात्तिक ९गते

Oct 26 2025 | २०८२, कात्तिक ९गते

images

आरविवि म्युचुअल फण्ड १ को नाफा १५ करोड नाघ्यो, लगानीमा उल्लेखनीय वृद्धि

आरविवि म्युचुअल फण्ड १ को नाफा १५ करोड नाघ्यो, लगानीमा उल्लेखनीय वृद्धि

  •  

    काठमाडौं । आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित आरविवि म्युचुअल फण्ड १ ले आर्थिक वर्षको जेठ मसान्तसम्ममा १५ करोड ६ लाख रुपैयाँभन्दा बढी नाफा कमाउन सफल भएको छ। वैशाख मसान्तसम्म १२ करोड ९८ लाख रुपैयाँ नाफा कमाएको योजनाले जेठमा थप मुनाफा बढाउँदै सकारात्मक वित्तीय प्रगति देखाएको हो।

    जेठ महिनामा योजनाले १७ करोड ३५ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ भने खर्च २ करोड २८ लाख रुपैयाँभन्दा बढी पुगेको छ। यसको तुलनामा वैशाख महिनामा आम्दानी १५ करोड ६ लाख र खर्च २ करोड ७ लाख रुपैयाँ थियो।

    २०७८ साल साउन ७ गतेदेखि सञ्चालनमा आएको यो ७ वर्षे बन्दमुखी योजना हो। योजना सञ्चालनका लागि १२ करोड ५० लाख इकाई जारी गरिएको थियो। वैशाख मसान्तसम्म प्रति इकाई खुद सम्पत्ति मूल्य  ११ रुपैयाँ ३ पैसा रहेकोमा जेठ मसान्तसम्म यो मूल्य ११ रुपैयाँ २० पैसा पुगेको छ।

    जेठ मसान्तसम्म योजनाले धितोपत्रमा १ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी परलमूल्यमा लगानी गरेको छ भने ५ करोड रुपैयाँ बैंक मुद्दती निक्षेपमा राखिएको छ। कुल लगानी मूल्य १ अर्ब २८ करोड रुपैयाँभन्दा बढी रहेको जानकारी प्राप्त भएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij