Logo

Jun 26 2025 | २०८२, असार १२गते

Jun 26 2025 | २०८२, असार १२गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् असार ११ बुधबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

नयाँसडक बुलेटिन : यस्ता छन् असार ११ बुधबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज असार ११ बुधबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक  समाचारहरू...

    आरविवि म्युचुअल फण्ड १ को नाफा १५ करोड नाघ्यो, लगानीमा उल्लेखनीय वृद्धि

    काठमाडौं । आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित आरविवि म्युचुअल फण्ड १ ले आर्थिक वर्षको जेठ मसान्तसम्ममा १५ करोड ६ लाख रुपैयाँभन्दा बढी नाफा कमाउन सफल भएको छ। वैशाख मसान्तसम्म १२ करोड ९८ लाख रुपैयाँ नाफा कमाएको योजनाले जेठमा थप मुनाफा बढाउँदै सकारात्मक वित्तीय प्रगति देखाएको हो।

    जेठ महिनामा योजनाले १७ करोड ३५ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ भने खर्च २ करोड २८ लाख रुपैयाँभन्दा बढी पुगेको छ। यसको तुलनामा वैशाख महिनामा आम्दानी १५ करोड ६ लाख र खर्च २ करोड ७ लाख रुपैयाँ थियो।

    यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका १५ निर्णय (सूचीसहित)

    काठमाडौं । सरकारले असार ९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गरी उक्त निर्णयहरू सार्वजनिक गरेका हुन्।

     

    बैठकमा विभिन्न नीति, योजना तथा नियुक्तिसम्बन्धी निर्णयहरू गरिएका छन्। विस्तृत विवरण भने मन्त्रालयले पत्रकार सम्मेलनमार्फत क्रमशः सार्वजनिक गर्ने जनाएको छ।

    दरमखोला हाइड्रोको आइपीओमा ८ करोडभन्दा बढीको आवेदन, मागभन्दा २.७६ गुणा बढी

    काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरेको प्राथमिक शेयर ९क्ष्एइ० मा ठूलो उत्साह देखिएको छ। कम्पनीको आइपीओमा हालसम्म ८ करोड ८ लाख ७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ।

    सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार असार ११ गते साँझ ५स्०६ बजेसम्म ४० हजार ७२८ जना आवेदकले ८ लाख ८ हजार ७० कित्ताका लागि आवेदन दिएका छन्। यो माग उपलब्ध कित्ता २ लाख ९१ हजार १५० को तुलनामा २.७६ गुणा बढी हो।

    शेयर बजार : नेप्से परिसूचकमा २.५५ अंकले बढेर २६०३.०८ विन्दुमा, ५ अर्ब ९४ करोड रुपैयाँ भन्दा बढीको कारोबार

    काठमाडौँ । बुधबार नेप्से सूचकमा २.५५ अंकको झिनो वृद्धि मात्र देखिएको छ । यससँगै सूचक २६०३.०८ विन्दुमा बन्द भएको छ । यस दिन ५ अर्ब ९४ करोड रुपैयाँ भन्दा बढीको मात्र सेयर खरिद बिक्री भएको छ । २ वटा कम्पनीको भाउ सकारात्मक सर्किट लेभल नजिक रहेको छ । यस्तै, अर्का २ वटा कम्पनीको भाउ नकारात्मक सर्किट लेभलमा रहेको छ ।

     

    यस दिन ३ सय ११ कम्पनीको १ करोड ३७ लाख कित्ताभन्दा बढी सेयर खरिदबिक्री भएको छ । कारोबार रकमका आधारमा बुटवल पावर कम्पनी अग्रस्थानमा रहेको छ । यसको ५३ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआरएन इन्फ्रास्ट्रक्चर र राधी विद्युत कम्पनी रहेका छन् ।

    विपद्मा भनसुनका आधारमा सवारी साधन चलाउन दिए कारवाही हुन्छः गृहमन्त्री लेखक

    काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कुनै ठाउँमा भारी वर्षा हुने भनिसकेपछि सवारी साधन बन्द गरिएको अवस्थामा चलाएको पाइए त्यो प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका प्रहरी र ट्राफिक प्रहरीका जिम्मेवार अधिकारीलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ ।

     

     

    आज गृह मन्त्रालयले आयोजना गरेको सडक क्षेत्रमा हुनसक्ने विपद्को पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी बैठकमा उहाँले मनसुनका बेला हुनसक्ने सडक दुर्घटना न्यूनीकरणका लागि गरिएका निर्णय र बनाइएका आचारसंहिता कार्यान्वयनमा जोड दिनुभयो । उहाँले उक्त निर्णयका बारेमा आम नागरिकसम्म पुगाउन सूचना प्रवाहमा ध्यान दिन आग्रहसमेत गर्नुभयो ।

    वर्षामा पनि फोहर व्यवस्थापनमा समस्या नआउने काठमाडौँ महानगरको दाबी

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वर्षातका कारण विगतका वर्षमा जस्तो यस वर्ष फोहर व्यवस्थापनमा समस्या नहुने जनाएको छ । वर्षाको समय सुरू भएसँगै विगतका वर्षमा नागरिकले लामो समयसम्म फोहर व्यवस्थापन नहुँदा निकै समस्या भोग्नुपरेको थियो । 

     

     यस वर्ष भने महानगरले वर्षायाम सुरू भएसँगै फोहर व्यवस्थापनका लागि विगतका वर्षमा हुने समस्या समाधान भइसकेकाले सहज हुने जनाएको छ ।  वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार विगतका वर्षमा पटक–पटक समस्या आउने तीन पिप्लेदेखि अन्तिम फोहर वयवस्थापनस्थल बञ्चरेडाँडासम्मको सडक मर्मतको काम भइसकेकाले फोहर व्यवस्थापनका लागि सहज हुन्छ । 

    सुनकोशी मरिन डाइभर्सन आयोजनाको प्रगति सन्तोषजनक नरहेको संसदीय समितिको निष्कर्ष

    काठमाडौँ ।प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले राष्ट्रिय गौरवको सुनकोशी मरिन डाइभर्सन आयोजनाको प्रगति सन्तोषनक नरहेको निष्कर्ष निकालेको छ । समितिको आज बसेको बैठकमा आयोजनाको हालसम्मको प्रगति विवरण सन्तोषजनक नरहेकाले सो परियोजनासँग सम्बन्धित दस्तावेजनको विस्तृत अध्ययन गर्ने निर्णय गरेको छ ।
     
            बैठकले सो सम्बन्धमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीसँग थप छलफल गर्ने निर्णय गरेको समिति सभापति दिपकबहादुर सिंहले जानकारी दिनुभयो । “आयोजनाको प्रगति १ प्रतिशत मात्रै देखियो, केकति कारणले न्यून प्रगति भएको हो भनेर बैठकमा छलफल भयो”, उहाँले भन्नुभयो, “सो सम्बन्धमा सम्बन्धित मन्त्रीसँग थप जानकारी लिने र अध्ययनका लागि आयोजनासँग सम्बन्धित थप कागज मगाउने निर्णय भयो ।”

    वर्षासँगै पानी बढेपछि कैलालीका नदीमा देखिन थाले डल्फिन

    घोडाघोडी (कैलाली) । पछिल्लो समय वर्षा भएसँगै कैलालीका नदीमा पानीको सतह बढ्न थालेपछि डल्फिन देखिन थालेका छन् । जिल्लाको टीकापुर र भजनी नगरपालिकाको नदी तटीय क्षेत्रमा डल्फिन देखिन थालेका हुन् । डल्फिन संरक्षणकर्मी भोजराज ढुङ्गानाले डल्फिन संरक्षण केन्द्र आसपासका क्षेत्रमा एउटा बच्चासहित चार वटा डल्फिन देखिएका जानकारी दिनुभयो । “मनसुन लागेपछि नदीहरूमा पानीको सतह बढिरहेको छ । नदीमा जलस्तर बढेपछि सोमबारदेखि यहाँ डल्फिन देखापर्न थालेका हुन्”, उहाँले भन्नुभयो । उहाँका अनुसार गत वर्ष असार पहिलो साता डल्फिन आएकामा यस वर्ष ढिलो पानी परेकाले केही ढिलो डल्फिन देखिएका छन् । डल्फिन संरक्षण केन्द्रका सचिव विजयराज श्रेष्ठका अनुसार जिल्लाको मोहना, पथरैया, काँडा र कान्द्रालगायत कर्णालीका सहायक नदीमा डल्फिन देखिने गर्दछन् । उहाँले भन्नुभयो, “भारत तथा नेपालका विभिन्न नदी क्षेत्रमा बस्ने डल्फिन कर्णालीका सहायक नदीमा मनसुन अवधिभर बस्ने गर्दछन् । यसरी तीन महिनाभन्दा बढी समयसम्म डल्फिन यहाँ बस्छन् । मनसुन बाहिरिएसँगै कर्णाली नदीमा फर्कने गर्दछन् ।” यी नदी क्षेत्रमा मुख्य आहारा माछा, घोँगीका साथै लेउ प्रशस्त पाइने भएकाले हरेक वर्षायाममा डल्फिन यहाँ आउने गरेका श्रेष्ठले बताउनुभयो । स्वच्छ जल, प्रशस्त आहारा र बढी दोभान भएकाले यी क्षेत्रमा डल्फिन आउने उहाँको भनाइ छ । “यहाँ ‘प्लानिभेष्टा ग्याँगेटिक’ जातको डल्फिन पाइन्छ । यो जातको डल्फिन नेपालका साथै भारत, पाकिस्तान र बङ्गलादेशमा मात्र पाइन्छ”, उहाँले भन्नुभयो । हरेक वर्षायाममा डल्फिनको आगमन भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्ने गरेको संरक्षणकर्मी ढुङ्गानाले बताउनुभयो । “भर्खरै डल्फिन देखिन थालेका छन् ।

    मध्यपूर्वको युद्धोन्मादी अस्थिरताले हर्मुज जलडमरूमार्ग बन्द भए पार्ने असर

    काठमाडौँ । मध्यपूर्वको युद्धोन्मादी अस्थिरताले हर्मुज जलडमरूमार्ग बन्द भए अर्थतन्त्रमा  पार्ने असर पर्यवेक्षकहरूमाझ विशेष चर्चाको विषय बनेको छ । नेपालको वैदेशिक व्यापारको हिस्सा भारतसँग दुई तिहाइजतिको रहेको छ । त्यसले भारतमा पार्ने असरको प्रभाव पनि नेपाली बजारमा पर्ने स्वाभाविक देखिन्छ ।इरानको तेल निर्यातमा प्रतिबन्ध लगाइयो भने तेलको एक थोपा पनि हर्मुज जलडमरूमबाट पार गर्न सकिने अवस्था रहने छैन। यो चेतावनी प्रेरित सन्देश इरानका तत्कालीन उपराष्ट्रपति जनरल मोहम्मद रेजा रहिमीले २०११ मा अमेरिका र युरोपेली संघलाई दिएका थिए।

    नागरिकता विधेयक असार १४ गते पास हुने गृहमन्त्री लेखकको दाबी

    काठमाडौं। गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता विधेयक आगामी असार १४ गते प्रतिनिधि सभाबाट पारित हुने विश्वास व्यक्त गरेका छन्। बुधबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले विधेयक पारित गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन्।

     

    उनका अनुसार नागरिकताको जस्तो संवेदनशील विषयमा ढिलाइ गर्नु उपयुक्त नहुने भन्दै उनले भने, “मैले पाएको जानकारीअनुसार १४ गते प्रतिनिधि सभामा पेस हुँदैछ, त्यसलाई सोही दिन पारित गर्नेछौं।”

    सिटिजन्स बैंकद्वारा मोबाइल बैंकिङ एपमार्फत ‘डिजिटल लोन अगेस्ड फिक्स्ड डिपोजीट” सुविधा

    काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ग्राहकहरुको सेवालाइ अझ सहज, सरल र आधुनिक बनाउने उद्देश्यले मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा लिन सक्ने सुविधा ल्याएको छ । ग्राहकहरूलाई सरलिकृत सेवा दिने क्रममा आफ्नो मुद्दती निक्षेप ९ँष्हभम म्भउयकष्त० को आधारमा अचानक आइपर्ने आवश्यक रकमको ऋण सहज रूपमा मोबाइल एप प्रयोग गरी प्राप्त गर्न सक्नेछन्, यस योजना अन्तर्गत बैंकबाट आफ्नो मुद्दती निक्षेपको ९० प्रतिशत वा बढीमा रु २ लाख रुपैयाँ सम्म ९कम्तीमा रु ५ हजार देखि० ऋण लिन सक्नेछन् । सो रकम आवेदकको बचत खातामा तत्काल जम्मा हुनेछ । यसमा कुनै पनि भौतिक कागजात आवश्यक पर्ने छैन । सिटिजन्स बैंकले डिजिटल प्रविधिको उपयोग मार्फत आफ्ना ग्राहकहरूको समय, श्रम र स्रोतको बचत गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन निरन्तर रुपमा नयाँ–नयाँ डिजिटल सेवा ल्याउने क्रममा यो सेवा पनि थप गरिएको हो ।

    कोशीटप्पु विस्थापितको माग: प्रधानमन्त्रीलाई जग्गा सट्टापट्टाको ज्ञापन

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष कोशीटप्पुु वन्यजन्तुु आरक्ष विस्तार हुँदा विस्थापित भएका परिवारका प्रतिनिधिले जग्गा सट्टापट्टाका लागि आज ज्ञापनपत्र बुझाएका छन् ।

     

    प्रधानमन्त्री निवास, बालुुवाटारमा आज विस्थापित परिवारका तर्फबाट सट्टापट्टा पाउन बाँकीमध्येका ९५ वर्षीया कमलकुमारी पोखरेलसहित प्रतिनिधिले ४८ वर्षअघि आरक्ष विस्तार हुँदा आफूहरुको घर बसोबास अधिग्रहण भएकामा जग्गाको सट्टापट्टा दिने राज्यसँग भद्र सहमति भएको स्मरण गराएका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij