Logo

Jun 26 2025 | २०८२, असार १२गते

Jun 26 2025 | २०८२, असार १२गते

images

कोशी प्रदेशसभामा आर्थिक विधेयक सर्वसम्मत पारित, समृद्धिको मार्गमा सरकार अगाडि

कोशी प्रदेशसभामा आर्थिक विधेयक सर्वसम्मत पारित, समृद्धिको मार्गमा सरकार अगाडि

  • विराटनगर। कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वय गर्न बनेको विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।

    आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले पेस गरेको उक्त प्रस्तावमा सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गरेसँगै बैठकले सर्वसम्मतिले पारित गरेपछि छलफल सुरु भएको थियो । 

     
    छलफलमा कोशी प्रदेशसभाका सांसदद्वय तिलचन पाठक र इस्राइल मन्सुरीले प्रदेश सरकारले प्रदेशलाई समृद्धि एवं विकास गर्न अर्थ संकलन सम्बन्धमा ल्याएको प्रस्तावको पूर्णरुपमा समर्थन रहेको बताए । 
     
    बैठकको शून्य समयमा सांसद खड्गबहादुर बस्नेतले आफूले सरकारलाई पेस गरेको सुझावसहितको योजना रातो किताबमा समावेश भएकामा धन्यवाद दिँदै छुटेका योजना समावेश गरी सहयोग गरिदिन आग्रह गरे । 
     
    सांसद मीना श्रेष्ठले वर्षात्को समयमा सुनसरीको इटहरी नगरपालिकाको अधिकांश क्षेत्र डुबानमा पर्ने गरेकाले यसको समाधानमा प्रदेश सरकारले ध्यान दिनुपर्ने धारणा राखिन् । प्रदेशसभाको अर्को बैठक भोलि बिहान ११ बजे बस्नेछ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij