Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

एसईई नतिजा आजै सार्वजनिक हुने, तयारी अन्तिम चरणमा

एसईई नतिजा आजै सार्वजनिक हुने, तयारी अन्तिम चरणमा

  • काठमाडौँ ।माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा आज साँझसम्म सार्वजनिक हुने पक्का भएको छ। शुक्रबार दिउँसो बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा आजै प्रकाशन गर्ने निर्णय गरेको हो।

    बोर्डका अनुसार दोस्रो बैठकपछि औपचारिक रूपमा नतिजा प्रकाशित गरिनेछ। यदि कुनै प्राविधिक समस्या नआएमा साँझभित्रै नतिजा सार्वजनिक हुने निश्चित छ।

    गत चैत्र ७ गतेदेखि सञ्चालन भएको एसईई परीक्षामा करिब ५ लाख १४ हजार विद्यार्थी सहभागी भएका थिए। देशभर २ हजार ७९ परीक्षा केन्द्रमार्फत परीक्षा सञ्चालन गरिएको थियो।

    बोर्डले नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था मिलाएको छ। विद्यार्थीहरूले वेबसाइट तथा एनटीसीको सेवा प्रयोग गरेर सहजै नतिजा हेर्न सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij