Logo

Oct 26 2025 | २०८२, कात्तिक ९गते

Oct 26 2025 | २०८२, कात्तिक ९गते

images

साउन ४ गतेपछि गार्डियन माइक्रो लाइफको म्युचुअल फण्ड शेयर बजारमा कारोबार योग्य

साउन ४ गतेपछि गार्डियन माइक्रो लाइफको म्युचुअल फण्ड शेयर बजारमा कारोबार योग्य

  • काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको सामूहिक लगानी कोष ९म्युचुअल फण्ड० स्वामित्वमा रहेका शेयरहरू आगामी साउन ४ गतेदेखि दोस्रो बजारमा कारोबार गर्न सकिने भएको छ। कम्पनीले जारी पूँजीको ३० प्रतिशत अर्थात् २२ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणमा आईपीओमार्फत निष्कासन गरेको थियो। तीमध्ये ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषले प्राप्त गरेको थियो, जुन नियमानुसार आईपीओ बाँडफाँटको मिति माघ ६ गतेदेखि ६ महिनासम्म लक-इन अवधिमा रहेका थिए।

    साउन ४ पछि लक(इन अवधि समाप्त भएसँगै, ती शेयरहरू अब बजारमा कारोबार गर्न सकिनेछन्। यसले बजारमा तरलता वृद्धि गर्नुका साथै कम्पनीको शेयर कारोबारमा थप चहलपहल ल्याउने अपेक्षा गरिएको छ।

    यसैबीच, कम्पनीले आफ्नो चुक्ता पूँजी ७५ करोड रुपैयाँ पुर्‍याएसँगै सोही बराबरको शतप्रतिशत हकप्रद शेयर निष्कासनको तयारी समेत पूरा गरेको छ। वैशाख ५ गते सम्पन्न विशेष साधारण सभाबाट हकप्रद प्रस्ताव पारित भइसकेको छ।

    गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स नेपालकै पहिलो डिजिटल प्रविधिबाट बीमालेख जारी गर्ने लघु बीमा कम्पनी हो। डिजिटल माध्यममार्फत बीमित पहुँचलाई सरल, पारदर्शी र प्रभावकारी बनाउँदै कम्पनीले बीमा क्षेत्रमा नवीन दृष्टिकोण स्थापित गरिरहेको छ।

    शेयर कारोबार खुल्ला हुनु र हकप्रद निष्कासन दुबै प्रक्रिया सम्पन्न भएपछि कम्पनीको पूँजी आधार अझ बलियो हुने अनुमान गरिएको छ, जसले दीर्घकालीन वित्तीय स्थायित्व र लगानीकर्ताको विश्वासमा समेत टेवा पुर्‍याउनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij