Logo

Aug 27 2025 | २०८२, भदौ ११गते

Aug 27 2025 | २०८२, भदौ ११गते

images

तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण तीव्र, ६७% भौतिक प्रगति

तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण तीव्र, ६७% भौतिक प्रगति

  •  

    तनहुँ । तनहुँ जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। परम्परागत जलाशययुक्त प्रणालीमा आधारित यो आयोजना नेपालमा पहिलोपटक अत्याधुनिक ‘कङ्क्रिट बाँध’ प्रविधिको प्रयोगमा आधारित आयोजनाका रूपमा अघि बढेको हो।

    आयोजनाका अनुसार, निर्माणाधीन मुख्य बाँधको उचाइ १४० मिटर हुनेछ। हालसम्म औसत १० मिटर उचाइसम्म कङ्क्रिट ब्लकहरू राखिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिएका छन्। उनका अनुसार, “बाँध निर्माणमा प्रयोग हुने मास कङ्क्रिटिङ प्रक्रियामा तापमान सन्तुलन अत्यन्त संवेदनशील विषय भएकाले उन्नत प्रविधिबाट तापमान नियन्त्रण गरिँदै काम भइरहेको छ।”

    भण्डारीका अनुसार बाँधको ढाँचा जटिल र दीर्घकालीन सुरक्षा दृष्टिले अत्यन्त महत्वपूर्ण भएकाले तापमान नियमनमा विशेष ध्यान दिइएको हो। बाँधको उचाइ क्रमशः थपिँदै गइरहेको र आगामी दुई वर्षभित्र सम्पूर्ण कङ्क्रिट कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

    प्याकेज–१स् बाँध र डाइभर्सन कार्य
    प्याकेज–१ अन्तर्गत बाँध निर्माण र सेती नदी डाइभर्सन कार्य भइरहेको छ। हालसम्म सो प्याकेजको ४२.५ प्रतिशत भौतिक प्रगति भइसकेको छ। निर्माण कार्य सोङदा कर्पोरेसन (भियतनाम) र कालिका कन्स्ट्रक्सन (नेपाल) को संयुक्त साझेदारी मार्फत भइरहेको हो। यस प्याकेजमा रिभर डाइभर्सन, स्लोप कटिङ, साइड व्यवस्थापन र डाइभर्सन टनेल निर्माण कार्य पूरा भइसकेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij