Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

जून महिनामा दुई लाखभन्दा बढी अफगानी स्वदेश फिर्ता: आइओएम

जून महिनामा दुई लाखभन्दा बढी अफगानी स्वदेश फिर्ता: आइओएम

  • इस्लाम काला ।जुन महिनामा दुई लाख ३० हजारभन्दा बढी अफगानीले उनीहरूलाई स्वदेश फर्किन दिइएको निर्देशन अनुसार इरान छोडेका छन् ।  तीमध्ये अधिकांशलाई निर्वासित गरिएको हो भने उनीहरू तेहरानको निर्धारित समयसीमा अघि फिर्ता हुने क्रम  बढेको संयुक्त राष्ट्रसङ्घको आप्रवासन मामिला हेर्ने निकायले सोमबार बताएको छ । 

    जुन महिनाको २८ गते सम्म दुई लाख ३३ हजार ९४१ व्यक्तिहरू इरानबाट अफगानिस्तान फर्केको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङंगठनका प्रवक्ता अवन्द अजिज अघालाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।  

    सन् २०२५ जनवरीदेखि जुन २८ सम्म छ लाख ९१ हजार ४९ जना मानिसहरू फर्केको र उनीहरुमध्ये ७० प्रतिशतलाई जबरजस्ती फिर्ता पठाइएको उहाँले बताउनुभयो ।  

    अफगानीहरूले बढ्दो निर्वासन र मे महिनामा इरानले घोषणा गरेको जुलाई ६ सम्मको समयसीमाका कारण पछिल्लो समयमा स्वदेश फर्कनेहरूको सङ्ख्या बढेको जनाइएको छ । 

    गत हप्ताको धेरै दिनसम्म यो सङ्ख्या दैनिक ३० हजारको हाराहारीमा रहेको आइओएमले जनाएको छ ।

    हालको फिर्ता दरको दैनिक तथ्याङ्क लगभग छ देखि सात हजार रहेकोमा समयसीमा अघि सङ्ख्या बढ्ने अपेक्षा गरेको संयुक्त राष्ट्रसङ्घ र तालिबानका सीमा अधिकारीले  जनाएका छन् । 

    आइतवार एकैदिन दुई हजार ९९७ अफगान परिवारका दश हजार ६६१ सदस्यहरू छिमेकी मुलुक इरान र पाकिस्तानबाट स्वदेश फर्केको अफगानिस्तानको फिर्ती समस्या सम्बोधन गर्ने उच्च आयोगले सोमबार जनाएको छ ।   

    शरणार्थाी पश्चिमी हेरात प्रान्तको इस्लाम काला, पूर्वी नान्गाहार प्रान्तको तोरखाम, दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा र पश्चिमी निमरोज प्रान्तको अब्रिसम सीमा हुँदै घर फर्केका छन्।  

    स्रोतका अनुसार अधिकांश आप्रवासीहरू इरानबाट इस्लाम काला सिमा हुँदै फर्केका हुन्।
     
    संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्तका अनुसार सन् २०२५  सम्ममा १२ लाखभन्दा बढी अफगानीहरू छिमेकी देश इरान र पाकिस्तानबाट फर्केका छन्। 
     
    अफगान अन्तरिम सरकारले अफगान शरणार्थीहरूलाई शरणार्थीका रूपमा विदेशमा नबस्न र आफ्नो मातृभूमिको पुनः र्निर्माणमा योगदान गर्न घर फर्कन बारम्बार आह्वान गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij