Logo

Jul 01 2025 | २०८२, असार १७गते

Jul 01 2025 | २०८२, असार १७गते

images

दरबारमार्गमा निर्माणाधीन भवनबाट खसेर २ कामदारको मृत्यु

दरबारमार्गमा निर्माणाधीन भवनबाट खसेर २ कामदारको मृत्यु

  •  

    काठमाडौं । दरबारमार्गस्थित निर्माणाधीन भवनमा लिफ्ट बनाउने क्रममा चौथो तलाबाट खसेर दुई कामदारको ज्यान गएको छ। मृतकमध्ये एक कैलाली घर भएका अन्दाजी ३० वर्षीय प्रदेशी चौधरी र अर्का बर्दिया घर भएका अन्दाजी २० वर्षीय विशाल चौधरी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपील राज बोहराले जानकारी दिएका छन्।

    सोमबार अपराह्न करिब ५ बजेतिर हिटीपोखरी नजिकै पोतला डेभलप्मेन्ट प्रालिले निर्माण गर्दै गरेको ९ तले भवनको चौथो तलाबाट उनीहरू खसेका थिए। लिफ्टमा ग्रिज लगाउने कामका लागि उनीहरू माथि चढेका थिए तर प्रयोग गरिएको फलामको सिक्री चुँडिएपछि उनीहरू भुइँमा खसेका थिए।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij