Logo

Jul 01 2025 | २०८२, असार १७गते

Jul 01 2025 | २०८२, असार १७गते

images

राष्ट्रियसभाः विनियोजन विधेयकका विविध पक्षमा छलफल जारी

राष्ट्रियसभाः विनियोजन विधेयकका विविध पक्षमा छलफल जारी

  •  

    काठमाडौँ ।राष्ट्रियसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का  बेदुराम भुसालले कृषिजन्य वस्तुको आयात प्रतिस्थापन गरेर आत्मनिर्भर बन्न किसानमैत्री बजेट नबनेको गुनासो गर्नुभएको छ ।

     

    विनियोजन विधेयक, २०८२ माथिको छलफलमा भाग लिँदै उहाँले बजेट सन्तुलित  नभएको टिप्पणी गर्नुभयो । क्षेत्रगत हिसाबले बजेट सन्तुलित नभएको उहाँको आरोप छ । 

     

    नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अञ्जान शाक्यले दिगो विकासका लक्ष्य हासिल गर्न बजेट कार्यान्वयनमा जोड दिनुभयो । साथै उहाँले स्वदेशी उत्पादन अन्तरराष्ट्रिय बजारमा पुर्याउन कृषि केन्द्र स्थापना गर्न सुझाउनुभयो । 

     

    विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकमध्ये आज सातवटा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रिय योजना आयोग सचिवालयमाथि  छलफलमा जारी छ । 

     

    छलफलमा भाग लिँदै नेपाली कांग्रेसका सांसद जितजङ्ग बस्नेतले  नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गम्भीर भएर गर्नुपर्छ भन्नुभयो ।

     

    जनता समाजवादी पार्टी नेपालका पूजा चौधरीले बजेट स्वरोजगारलाई प्रवद्र्धन गर्नेतर्फ केन्द्रित छ भन्दै त्यसमा समावेश भएका अधिकांश कार्यक्रम सुधारोन्मुख रहेका राय व्यक्त गर्नुभयो । 

     

    लोकतान्त्रिक समाजवादी पार्टी नेपालका  शेखर सिंहले स्वदेशमै चिनी उत्पादन गर्न किसानलाई उखुखेतीतर्फ प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij