Logo

Oct 25 2025 | २०८२, कात्तिक ८गते

Oct 25 2025 | २०८२, कात्तिक ८गते

images

एनसेलले ल्यायो नयाँ मोबाइल नम्बर रेञ्ज ९७१, साउन दोस्रो सातादेखि सिम वितरण सुरु हुने

एनसेलले ल्यायो नयाँ मोबाइल नम्बर रेञ्ज ९७१, साउन दोस्रो सातादेखि सिम वितरण सुरु हुने

  •  

    काठमाडौं । एनसेलले आफ्ना सेवाग्राहीहरूको सुविधालाई ध्यानमा राख्दै नयाँ मोबाइल नम्बर रेञ्ज ९७१ बाट सिमकार्ड वितरण सुरु गर्ने भएको छ। कम्पनीका अनुसार साउनको दोस्रो सातादेखि नयाँ नम्बर रेञ्जमा आधारित सिम वितरण सुरु गरिने तयारी गरिएको छ।

    नेपाल दूरसञ्चार प्राधिकरणले गत जेठ १४ गते एनसेललाई यो नयाँ नम्बर रेञ्ज सञ्चालन गर्न अनुमति दिएको थियो। प्राधिकरणले यसअघि एनसेललाई ९८०, ९८१, ९८२, र ९७० नम्बर रेञ्जमार्फत सेवा दिन अनुमति दिएको थियो। ती नम्बर रेञ्जहरूमा उपलब्ध मोबाइल नम्बरहरू सकिँदै गएकाले नयाँ रेञ्ज प्रदान गरिएको हो।

    यो नयाँ नम्बर प्राधिकरणको राष्ट्रिय नम्बरिङ् वितरण योजना  अनुरूप जारी गरिएको हो। डिजिटल युगमा मोबाइल नम्बरको माग उच्च रहेकोले—जस्तै एकपटक प्रयोग हुने पासवर्ड , मोबाइल एप, वेब प्लेटफर्ममा साइनअप, र विभिन्न डिजिटल कारोबारका लागि—नयाँ नम्बरहरूको आवश्यकता परेको हो।

    एनसेलले सेवा प्रदायक कम्पनीहरू, सरकारी तथा गैरसरकारी संस्था, बैंक तथा वित्तीय संस्था र अन्य सम्बन्धित निकायहरूलाई ९७१ रेञ्जका नम्बरहरू पनि अन्य रेञ्जसरह आफ्ना प्रणालीमा इंटिग्रेट वा अपडेट गर्न आग्रह गरेको छ, ताकि ग्राहक सेवामा कुनै अवरोध नआओस्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij