Logo

Oct 25 2025 | २०८२, कात्तिक ८गते

Oct 25 2025 | २०८२, कात्तिक ८गते

images

सेजनले अस्वीकार गर्‍यो सरकारले विनियोजन गरेको १ करोड रुपैयाँ अनुदान

सेजनले अस्वीकार गर्‍यो सरकारले विनियोजन गरेको १ करोड रुपैयाँ अनुदान

  •  

    काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा विनियोजन गरिएको १ करोड रुपैयाँको अनुदान अस्वीकार गर्ने निर्णय गरेको छ। मंगलबार बसेको सेजनको कार्यसमिति बैठकले उक्त निर्णय लिएको हो।

    सरकारले आर्थिक पत्रकारितासँग सम्बन्धित तीन संस्थालाई १र१ करोड रुपैयाँका दरले अनुदान दिने घोषणा गरेको थियो। तीमध्ये सेजनले उक्त अनुदान नलिने स्पष्ट गरेको छ। संस्थाले अनुदानको प्रस्ताव आफैँले कहिल्यै नगरेको र अहिलेसम्म पनि मन्त्रालयबाट कुनै निःशर्त अनुदान स्वीकार नगरेको जानकारी दिएको छ।

    सेजनले सरकारप्रति धन्यवाद ज्ञापन गर्दै आर्थिक अनुशासन, पारदर्शिता र वित्तीय स्रोतको प्रभावकारी उपयोगबारे निरन्तर खबरदारी गर्ने संस्था भएकाले यस्तो अनुदान लिनु संस्थाको मौलिकता र पत्रकारिता धर्मको विपरीत हुने निष्कर्ष निकालेको छ।

    वर्तमानमा वित्तीय अभाव झेलिरहेको सरकारलाई नागरिकको आधारभूत आवश्यकता, स्वास्थ्य, शिक्षा, र जीवनरक्षाका क्षेत्रमा स्रोत केन्द्रित गर्न सुझाव दिँदै, जनताको करबाट प्राप्त रकमलाई पत्रकार संगठनहरूले खर्च गर्नु पेशागत नैतिकता विपरीत हुने सेजनको तर्क छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij