Logo

Oct 25 2025 | २०८२, कात्तिक ८गते

Oct 25 2025 | २०८२, कात्तिक ८गते

images

मनसुनजन्य घटनाका कारण एक महिनामा ३१ जनाको मृत्यु, ११२ घाइते

मनसुनजन्य घटनाका कारण एक महिनामा ३१ जनाको मृत्यु, ११२ घाइते

  • काठमाडौं । गत जेठ १५ देखि असार १६ गतेसम्मको एक महिनाको अवधिमा देशभर ६७४ वटा मनसुनजन्य विपद्का घटना घटेका छन्। राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा ३१ जनाले ज्यान गुमाएका छन् भने ११२ जना घाइते भएका छन्।

    उक्त अवधिमा पहिरोका ८७ घटनामा २५ घरमा आंशिक र ११ घरमा पूर्ण क्षति पुगेको छ। पहिरोबाट एक पुल, सात वटा गोठ तथा १४ चौपायाको क्षति हुनुका साथै करिब दुई करोड २१ लाख रुपैयाँ बराबरको सम्पत्तिमा क्षति भएको छ।

    बाढीका ६४ घटनामा चार जनाको मृत्यु र चार जना घाइते भएका छन् भने १२३ परिवार प्रभावित भएका छन्। बाढीका कारण चार वटा घरमा क्षति पुगेको छ।

    चट्याङका ८२ घटनामा आठ जनाले ज्यान गुमाएका छन् र २० जना घाइते भएका छन्। त्यस्तै, हुरीका ४५ घटनामा एक जनाको मृत्यु तथा तीन जना घाइते भएको प्राधिकरणले जनाएको छ।

    समग्रमा हेर्दा मनसुनजन्य विपद्बाट हालसम्म करिब २६ करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij