
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज असार १७ मंगलबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू..
सेजनले अस्वीकार गर्यो सरकारले विनियोजन गरेको १ करोड रुपैयाँ अनुदान
काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा विनियोजन गरिएको १ करोड रुपैयाँको अनुदान अस्वीकार गर्ने निर्णय गरेको छ। मंगलबार बसेको सेजनको कार्यसमिति बैठकले उक्त निर्णय लिएको हो।
सरकारले आर्थिक पत्रकारितासँग सम्बन्धित तीन संस्थालाई १र१ करोड रुपैयाँका दरले अनुदान दिने घोषणा गरेको थियो। तीमध्ये सेजनले उक्त अनुदान नलिने स्पष्ट गरेको छ। संस्थाले अनुदानको प्रस्ताव आफैँले कहिल्यै नगरेको र अहिलेसम्म पनि मन्त्रालयबाट कुनै निःशर्त अनुदान स्वीकार नगरेको जानकारी दिएको छ।
लेखापरीक्षण विवरण पेस नगरेपछि दुई ब्रोकर कम्पनीमाथि कारवाही, ५ हजार रुपैयाँ जरिवाना
काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा ९१० र ९२० अनुसार लेखापरीक्षण विवरण समयमै पेश नगरेको भन्दै दुई धितोपत्र दलाल (ब्रोकर) कम्पनीहरूलाई कारवाही गरेको छ। कारवाहीमा परेका कम्पनीहरूमा ब्रोकर नम्बर १०१, एप्पल सेक्युरिटिज, र ब्रोकर नम्बर ९३, बेनी सेक्युरिटिज रहेका छन्।
बोर्डको असार १३ गतेको निर्णयअनुसार यी दुवै कम्पनीलाई पहिलोपटकका लागि जनही ५ हजार रुपैयाँका दरले आर्थिक जरिवाना गरिएको हो। आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयसीमाभित्र नपेस गरेकाले जरिवाना गरिएको बोर्डले जनाएको छ।
शेयर बजार : नेप्से परिसूचकमा २८.९१ अंकले बढेर २६६०.३९ विन्दुमा, ७ अर्ब ०३ करोड रुपैयाँ भन्दा बढीको कारोबार
काठमाडौँ । आज नेप्से परिसूचकमा २८.९१ अंकले बढेर २६६०.३९ विन्दुमा आएको छ । आज ७ अर्ब ०३ करोड बढीको सेयर कारोबार भएको छ ।
यस दिन ३०९ कम्पनीको १ करोड ५७ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४६ करोड १६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा परेको छ ।आज दोस्रो र तेस्रो स्थानमा क्रमशः राधि विद्युत र बुटवल पावर कम्पनी रहेका छन् ।
प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ : प्रधानमन्त्री
सेभिया । संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तरार्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली नेपाल र बुरुण्डीद्वारा सहआयोजना गरिएको राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूको पहलमा पानी तथा सरसफाइ वित्तीय स्रोतको प्रवाहसम्बन्धी उच्चस्तरीय साइड इभेन्टमा सहभागी हुनुभएको छ ।
बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खानेपानी र सरसफाइ आधारभूत मानव अधिकारको विषय भएकाले यसलाई विकासको लक्ष्य मात्र नभइ मानवीय सम्मान र सभ्यतासँग जोडेर हेर्न आह्वान गर्नुभयो । विश्वका अबौँ मानिस खानेपानी र सरसफाइको अभावमा जनस्वास्थ्यका समस्या भोगिरहेको उल्लेख गर्दै उहाँले साझा प्रयासबाट यसको समाधान गर्न सकिने बताउनुभयो ।
वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीतिको मस्यौदा तयार
काठमाडौँ । वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीतिको मस्यौदा २०८२ तयार भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सरोकारवालाबीच मस्यौदामाथि थप छलफल गरेको छ ।
प्राधिकारणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले उक्त छलफलमा सरोकारवालाले दिएका सुझावलाई समावेश गरेर मस्यौदालाई अन्तिम रूप दिने बताउनुभयो । “वन डढेलोका कारण धनजनको क्षति बर्सेनि भइरहेको छ । तसर्थ बिमाको व्यवस्था हुनुपर्ने कुरालाई हामीले जोड दिएका छौँ,” उहाँले भन्नुभयो, “यसका लागि डढेलोको जोखिम व्यवस्थापनका लागि निजी क्षेत्र र स्थानीयसँग सहकार्य र समन्वय गरेर अगाडि बढ्ने छौँ ।”
मनसुनजन्य घटनाका कारण एक महिनामा ३१ जनाको मृत्यु, ११२ घाइते
काठमाडौं । गत जेठ १५ देखि असार १६ गतेसम्मको एक महिनाको अवधिमा देशभर ६७४ वटा मनसुनजन्य विपद्का घटना घटेका छन्। राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा ३१ जनाले ज्यान गुमाएका छन् भने ११२ जना घाइते भएका छन्।
उक्त अवधिमा पहिरोका ८७ घटनामा २५ घरमा आंशिक र ११ घरमा पूर्ण क्षति पुगेको छ। पहिरोबाट एक पुल, सात वटा गोठ तथा १४ चौपायाको क्षति हुनुका साथै करिब दुई करोड २१ लाख रुपैयाँ बराबरको सम्पत्तिमा क्षति भएको छ।
कांग्रेस बैठक दोस्रो दिन पनि जारी, ३५ जनाले राखे धारणा
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबारदेखि जारी बैठकमा आजसम्म ३५ केन्द्रीय पदाधिकारी र सदस्यले आफ्ना धारणा व्यक्त गर्नुभएको छ ।
सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज बसेको बैठकमा केन्द्रीय सदस्य रमेश रिजाल, उमा रेग्मी, जीपछिरिङ लामा, अर्जुनप्रसाद जोशी, मीनबहादुर विश्वकर्मा, देवेन्द्रराज कँडेल, डा डिला सङ्ग्रौला, रमेश लेखक, किरण यादव, लक्ष्मी परियार, कृष्णकिशोर घिमिरे, टेकप्रसाद गुरुङ, चन्द्रबहादुर केसी, मानबहादुर नेपाली, उदयशमशेर राणा, दिलमान पाख्रिन, रामहरि खतिवडा, विनोदकुमार चौधरी, गुरू बराल, उर्मिला नेपाल केसी, सीताकुमारी राना, राधा घले, सीतादेवी देवकोटा, शारदा पौडेल र आमन्त्रित सदस्य पुष्पराज पराजुलीले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
युवालाई उद्यमशील बनाउने उद्देश्यले ‘स्टार्टअप’ कार्यक्रम लागू गरिने : उद्योगमन्त्री भण्डारी
काठमाडौँ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले युवालाई स्वरोजगार र उद्यमशीलतामा प्रेरित गर्न ‘स्टार्टअप’ कार्यक्रम लागू गरिने घोषणा गर्नुभएको छ। राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत उद्योग मन्त्रालयसम्बन्धी उठेका सवालको जवाफ दिँदै मन्त्री भण्डारीले सो कार्यक्रमले वैदेशिक रोजगारतर्फ आकर्षित हुने युवाको संख्या घटाउने विश्वास व्यक्त गर्नुभयो।
उद्योग मन्त्रालयले औद्योगिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको जानकारी दिँदै उहाँले औद्योगिक क्षेत्रको प्रवर्द्धन, मन्त्रालयको सेवा अनलाइन प्रणालीबाट उपलब्ध गराउने व्यवस्था, र कम्पनी रजिष्ट्रारको सेवा विगत फागुनदेखि पूर्णरूपमा अनलाइनमार्फत दिइएको उल्लेख गर्नुभयो।
प्रधानमन्त्री ओली उच्चस्तरीय बैठकहरुमा व्यस्तः विकास साझेदारहरुलाई औपचारिक च्यानलबाट आउन आग्रह
सेभिया । संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनका क्रममा स्पेनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न उच्चस्तरीय ‘साइड इभेन्ट’मा सम्बोधन गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले स्पेन सरकारका अध्यक्ष एवं प्रधानमन्त्री पेड्रो साञ्चेजद्वारा आयोजित विकास सहायतामा नयाँ सोचसम्बन्धी उच्चस्तरीय छलफलमा सहभागी भई उक्त विषयको ‘राउण्ड टेबल’मा आफ्ना विचार प्रस्तुत गर्नुभयो ।
विराटनगरका न्यू सौरभ ट्रेडिङ्ग/ बियानी एण्ड ब्रदर्स हार्डवेयर एण्ड मार्वलका प्रोप्राइटर बियानीलाई भ्याट छलीमा कारागार पठाइयो
विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले ‘न्यू सौरभ ट्रेडिङ्ग ÷ बियानी एण्ड ब्रदर्स हार्डवेयर एण्ड मार्वल’ का प्रोप्राइटर सौरभ कुमार बियानीलाई कारागारमा पठाएको छ । कार्यालयले मूल्य अभिवृद्धि कर (भ्याट) छलीको आरोपमा विराटनगरका प्रतिष्ठित हार्डवेयर व्यवसायी मध्ये एक मानिएका बियानीलाई १ अर्ब ३१ करोड ६४ लाख रुपैयाँभन्दा बढीको राजस्व छली गरेको आरोपमा कारागार पठाएको हो ।
आन्तरिक राजस्व कार्यालयले मिति २०८२ साल असार १६ गते बियानीको नाममा थुनुवा पुर्जी जारी गरेको थियो। कार्यालयका कर अधिकृत भवानी प्रसाद दाहालद्वारा हस्ताक्षरित पत्रअनुसार बियानीले मूल्य अभिवृद्धि कर ऐन, २०५२ अनुसारको कर छली गरेको ठहर भएको थियो ।
एनसेलले ल्यायो नयाँ मोबाइल नम्बर रेञ्ज ९७१, साउन दोस्रो सातादेखि सिम वितरण सुरु हुने
काठमाडौं । एनसेलले आफ्ना सेवाग्राहीहरूको सुविधालाई ध्यानमा राख्दै नयाँ मोबाइल नम्बर रेञ्ज ९७१ बाट सिमकार्ड वितरण सुरु गर्ने भएको छ। कम्पनीका अनुसार साउनको दोस्रो सातादेखि नयाँ नम्बर रेञ्जमा आधारित सिम वितरण सुरु गरिने तयारी गरिएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले गत जेठ १४ गते एनसेललाई यो नयाँ नम्बर रेञ्ज सञ्चालन गर्न अनुमति दिएको थियो। प्राधिकरणले यसअघि एनसेललाई ९८०, ९८१, ९८२, र ९७० नम्बर रेञ्जमार्फत सेवा दिन अनुमति दिएको थियो। ती नम्बर रेञ्जहरूमा उपलब्ध मोबाइल नम्बरहरू सकिँदै गएकाले नयाँ रेञ्ज प्रदान गरिएको हो।
इजरायली सेनाले युद्धविराम आह्वान गर्दा ५० भन्दा बढीको ज्यान लिएको गाजा उद्धारकर्ताहरूको भनाइ
गाजा सिटी ।युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा युद्धविरामका लागि नयाँ आह्वान बढ्दै जाँदा इजरायली सेनाले समुद्री किनारको विश्राम क्षेत्रमा २४ जनासहित कम्तीमा ५१ जनाको हत्या गरेको गाजाको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ ।
इरानसँगको इजरायलको १२ दिने युद्धको द्रुत समाधानले गाजामा लडाइँ रोक्ने आशालाई पुनर्जीवित गरेको छ । गाजामा २० महिनाभन्दा बढीको लडाइँले २० लाखभन्दा बढी जनसङ्ख्याका लागि गम्भीर मानवीय अवस्था सिर्जना गरेको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले जुलाई ७ मा ह्वाइट हाउसको भ्रमण गर्नुहुने एक अमेरिकी अधिकारीले नाम नछाप्ने सर्तमा बताए ।
वैदेशिक रोजगारीमा ठगी गर्नेलाई कानुनी दायरामा ल्याइनेछः मन्त्री भण्डारी
पाटन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले कानुनी छिद्र प्रयोग गरेर वैदेशिक रोजगारीमा ठगी गर्नेलाई कानुनी दायरामा ल्याइने बताउनुभएको छ ।
सुरक्षित आप्रवासन ९सामी० कार्यक्रमद्वारा आज ललितपुरमा आयोजित तेस्रो चरणको सिकाइ तथा अनुभव आदानप्रदान कार्यक्रमको उद्घाटनका अवसरमा मन्त्री भण्डारीले अहिले पनि वैदेशिक रोजगार विभागमा ३६ हजार ठगीका मुद्दा रहेकाले ऐन संशोधन गरेर मुद्दा फछ्र्यौटलाई सहज बनायने बताउनुभयो ।
लेखापरीक्षण विवरण पेस नगरेपछि दुई ब्रोकर कम्पनीमाथि कारवाही, ५ हजार रुपैयाँ जरिवाना
काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा ९१० र ९२० अनुसार लेखापरीक्षण विवरण समयमै पेश नगरेको भन्दै दुई धितोपत्र दलाल (ब्रोकर) कम्पनीहरूलाई कारवाही गरेको छ। कारवाहीमा परेका कम्पनीहरूमा ब्रोकर नम्बर १०१, एप्पल सेक्युरिटिज, र ब्रोकर नम्बर ९३, बेनी सेक्युरिटिज रहेका छन्।
बोर्डको असार १३ गतेको निर्णयअनुसार यी दुवै कम्पनीलाई पहिलोपटकका लागि जनही ५ हजार रुपैयाँका दरले आर्थिक जरिवाना गरिएको हो। आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयसीमाभित्र नपेस गरेकाले जरिवाना गरिएको बोर्डले जनाएको छ।
सिद्धार्थ बैंक र सिप्रदी ट्रेडिङबीच ईभी ट्याक्सी कर्जा सुविधा सम्झौता
काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेड र टाटाका लागि नेपालमा आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि बीच विद्युतीय ट्याक्सी कर्जा सुविधा सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौता अनुसार सिप्रदी ट्रेडिङमार्फत टाटा मोटर्स अन्तर्गतका विद्युतीय ट्याक्सी खरिद गर्ने ग्राहकहरूले सिद्धार्थ बैंकबाट छिटो, सहज र सुलभ ब्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने छन् । साथै सो कर्जाको अवधि ५ वर्ष रहेको छ ।
नेपाल वायुसेवा निगमले स्थापनाको ६७औँ वार्षिकोत्सव मनाउँदै
काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ६७ औँ वार्षिकोत्सव मनाएको छ ।सन् १९५८ जुलाई १ मा स्थापना भएको सरकारी वायुसेवा कम्पनीको रुपमा परिचित निगमले स्थापनाको ६७औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको हो ।
२८ सिट क्षमतायुक्त डोग्लस डिसी ३ डाकोटाबाट सेवा प्रारम्भ गरेको कम्पनीले ६७ वर्षको लामो सेवा अवधिको क्रममा पछिल्लो पटक वाइडबडी ए ३३०–२०० सिरिजको विमान ल्याएर सेवा दिइरहेको छ ।निगमले हाल अन्तरराष्ट्रियतर्फ भारतको नयाँदिल्ली, बेङ्लोर र मुम्बई तथा हङ्कङ, मलेसिया, थाइल्याण्ड, जापानको नारिता, कतारको दोहा, युनाइटेड अरब इमिरेटसको दुबई र साउदी अरबको रियादमा उडान सेवा सञ्चालन गर्दै आएको छ । निगमले दुई थान वाइडबडी ए ३३० र दुई थान न्यारोबडी ए ३२० सिरिजका विमानमार्फत अन्तरराष्ट्रिय उडान गरिरहेको छ ।
भारतको रासायनिक कारखानामा विस्फोटन हँदा १४ जनाको मृत्यु
नयाँ दिल्ली ( एजेन्सी) । भारतको दक्षिणी राज्य तेलङ्गानाको संगारेड्डी जिल्लामा रहेको एउटा रासायनिक कारखानामा सोमबार भएको विस्फोटमा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने अरू धेरै घाइते भएका छन् । विस्फोटपछि कारखानाको ठूलो भाग भत्किएको छ । सरकारी अधिकारीहरूका अनुसार १४को मृत्यु भएको भारीय सञ्चार माध्यमहरूले जनाएका छन् । सो घटनामा ३५ जना घाइते भएका छन् ।
यसअघि जिल्ला दमकल अधिकृत बी. नागेश्वर रावले भने, “हामीले अहिलेसम्म दर्जन१२ जनाको शव फेला पारिसकेका छौं र अझै भग्नावशेषमा खोजी जारी छ ।” यस घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको जनाइएको छ । भारतीय सञ्चारमाध्यममा देखाइएका दृश्यहरूमा घटनास्थलबाट बाक्लो कालो धुवाँ आकाशमा उठिरहेको देखिन्छ । तेलङ्गाना राज्यका मुख्यमन्त्री रेवन्त रेड्डीले घटनामा परी जनधनको क्षति हुनु दुःखद भएको व्यक्त गरेका छन् ।
चीनले इयु, बेलायत, दक्षिण कोरिया र इन्डोनेसियामा एन्टी डम्पिङ स्टिल शुल्क कायम राख्ने
बेइजिङ । चीनले युरोपेली संघ (इयु), बेलायत, दक्षिण कोरिया र इन्डोनेसियाका केही स्टिल उत्पादनहरुमा शुल्क कायम राख्ने वाणिज्य मन्त्रालयले सोमबार बताएको छ । बेइजिङले सन् २०१९ मा पहिलो पटक लगाएको स्टेनलेस स्टिल बिलेट र हट–रोल्ड प्लेटहरुमा शुल्क इन्डोनेसियाली आयातका लागि २० दशमलव दुई प्रतिशतदेखि इयुका लागि ४३ प्रतिशतसम्म रहेको छ ।
चीनको वाणिज्य मन्त्रालयले आन्तरिक अनुसन्धानले एन्टि–डम्पिङ शुल्कको सम्भावित समाप्तिले अझै पनि घरेलु स्टेनलेस स्टिल उद्योगमा ‘क्षति’ निम्त्याउन सक्ने बताएको छ । “त्यसैले अधिकारीहरुले तीन देश र युरोपेली समूहका उत्पादनहरुमाथि ‘जुलाई १ देखि सुरु भएर पाँच वर्षको अवधिका लागि’ शुल्क लगाउन जारी राख्नेछन्”, मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ।
एक दशकमा निजी स्कूलमा पढाउने अभिभावकहरूले सरकारको कम्तीमा सवा तीन खर्ब जोगाए
काठमाडौँ । निजी स्कूल(संस्थागत)मा छोराछोरी पढाउनेहरूले एक दशकमा कम्तीमा सवा तीन खर्ब जोगाइ दिएका छन् ।सरकारी स्कूल( सामुदायिक ) स्कूलमा पढ्ने बालबालिकामा सरकारले गर्ने कूल खर्चको यो एक तिहाइ बढी खर्च हो ।सरकारी र निजी विद्यालयमा पढ्ने विद्यार्थीहरूको संख्यालाई जोडेर कुल विद्यार्थीहरूका लागि सरकारी खर्चका आधारमा यो २६ प्रतिशत हो ।२०८१मा कक्षा ९–१०मा भर्ना भएका विद्यार्थीहरूको संख्यालाई अचर संख्या मानेर सरकारले विगत दश आर्थिक वर्षमा स्थानीय तहका लागि गरेको ७० प्रतिशत बजेट खर्चका आधारमा निकालिएको हिसाबबाट यस्तो देखिन्छ ।
सरकारले एसएसई विद्यार्थी उत्पादन गर्न महिनाको कम्तीमा साढे दश हजार खर्चने गरेको पाइएको छ ।सरकारले स्थानीय तहलाई पठाउने गरेको कुल शिक्षा बजेटको ७० प्रतिशतको आधारमा मोटामोटी हिसाब निकालेको आधारमा यस्तो देखिएको हो ।सेवा वा वस्तु उत्पादनको खेर जाने खर्चको हिसाबको आकलन गरी एसएसई परीक्षामा सामेल भएको संख्या वा परीक्षा उतीर्ण गरेकाहरूको कुल संख्याका आधारमा त हेर्दा यो खर्च झन् बढेर जाने देखिन्छ ।
गुडविल फाइनान्सले संस्थापक सेयरधनीका लागि १ लाख कित्ता सेयर बिक्रीमा
काठमाडौँ। गुडविल फाइनान्सले आफ्नो संस्थापक सेयरधनीको नाममा रहेको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। कम्पनीले यस बिक्री प्रक्रिया विद्यमान संस्थापक सेयरधनीहरूमाझ मात्र खुला गरेको छ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले आज (असार १७ गते) बाट सुरु गरी ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन कम्पनीको प्रधान कार्यालय हात्तीसार, काठमाडौंमा आवेदन दिन सकिनेछ र आवेदनमा खरिद गर्न चाहेको सेयर संख्या उल्लेख गर्नुपर्नेछ।
सेयरको भाउ बिक्रेताले तोके अनुसार हुनेछ। कम्पनीले स्पष्ट पारेको छ कि यदि यस अवधिमा संस्थापक सेयरधनीहरूले सेयर खरिद गरेनन् भने, सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिनेछ।
गभर्नर डा. विश्नाथ पौडेलविरुद्धको रिटमा अन्तरिम आदेश सुनुवाइ फेरि स्थगित
काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्नाथ पौडेलको नियुक्ति सम्बन्धी दायर गरिएको रिट निवेदनमा अन्तरिम आदेशको सुनुवाई आज पनि हुन सकेन। सर्वोच्च अदालतका न्यायाधीश हरि प्रसाद फुयाल र टेक प्रसाद ढुंगानाको इजलासमा तोकिएको सुनुवाई कानुन व्यवसायीले वकालत गरेका पूर्व सहकर्मी फुयालको कारण हेर्न नमिल्ने भएको हो।
यो चौथो पटक हो जुन मुद्दा सुनुवाईका लागि तोकिएको भए पनि स्थगित भएको छ। यसअघि न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले जेठ १४ मा भएको प्रारम्भिक बहसपछि नेपाल सरकार र अन्य विपक्षीलाई गभर्नर नियुक्तिको प्रमाणसहित उपस्थित हुन आदेश दिएको थियो।
११ महिनामा मात्रै १७ अर्ब ७८ करोड रुपैयाँको चामल आयात , उत्पादन ६० लाख मेट्रिक टनमै सीमित
वीरगञ्ज । चालु आर्थिक वर्षको ११ महिनामा छिमेकी मुलुक भारत हुँदै वीरगञ्ज नाकामा रु चार खर्ब ३४ अर्ब २६ करोड मूल्यबराबरको वस्तु तथा सामान नेपाल भित्रिएका छन् । यो नाका हुँदै कुल आयातको ७६ दशमलव ८० प्रतिशत हिस्सा भारतबाट आयातित सामानको रहेको छ ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार यो नाका हुँदै आयात–निर्यातको सबैभन्दा धेरै हिस्सा छिमेकी मुलुक भारतसँग हुने गरेको छ । यो नाका हुँदै हुने वैदेशिक व्यापार भारतसँग धेरै जोडिएको छ । यो नाकामा भारतपछि धेरै वस्तु तथा सामान भित्रिने मुलुकमा अर्जेन्टिना पर्दछ । चालु आवको ११ महिनामा अर्जेन्टिनाबाट रु ४६ अर्ब ७४ करोड मूल्यका वस्तु तथा सामान यहाँ भित्रिएका छन् । सो मुुलुकबाट भित्रिएका सामानको हिस्सा भने आठ दशमलव २७ प्रतिशत छ । त्यस्तै, छिमेकी मुलुक चीनबाट सोही अवधिमा रु २८ अर्ब ८६ करोडको वस्तु तथा सामान यहाँ भित्रिएका छन् । चीनबाट आयात हुनेको हिस्सा भने एक दशमलव २२ प्रतिशत छ । चालु आवको ११ महिनामा ५० वटा मुलुकबाट वीरगञ्ज नाकामा रु पाँच खर्ब ६५ अर्ब ४२ करोड मूल्यका वस्तु तथा सामान आयात भएका छन् ।
वीरगञ्ज भन्सार भएर भारतबाट आयात चार खर्ब ३४ अर्ब, निर्यात ८७ अर्ब
वीरगञ्ज (पर्सा) । चालु आर्थिक वर्षको ११ महिनामा छिमेकी मुलुक भारत हुँदै वीरगञ्ज नाकामा रु चार खर्ब ३४ अर्ब २६ करोड मूल्यबराबरको वस्तु तथा सामान नेपाल भित्रिएका छन् । यो नाका हुँदै कुल आयातको ७६ दशमलव ८० प्रतिशत हिस्सा भारतबाट आयातित सामानको रहेको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार यो नाका हुँदै आयात–निर्यातको सबैभन्दा धेरै हिस्सा छिमेकी मुलुक भारतसँग हुने गरेको छ । यो नाका हुँदै हुने वैदेशिक व्यापार भारतसँग धेरै जोडिएको छ । यो नाकामा भारतपछि धेरै वस्तु तथा सामान भित्रिने मुलुकमा अर्जेन्टिना पर्दछ । चालु आवको ११ महिनामा अर्जेेन्टिनाबाट रु ४६ अर्ब ७४ करोड मूल्यका वस्तु तथा सामान यहाँ भित्रिएका छन् । सो मुुलुकबाट भित्रिएका सामानको हिस्सा भने आठ दशमलव २७ प्रतिशत छ । त्यस्तै, छिमेकी मुलुक चीनबाट सोही अवधिमा रु २८ अर्ब ८६ करोडको वस्तु तथा सामान यहाँ भित्रिएका छन् ।
पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि : पेट्रोलमा ५ रुपैयाँ र डिजेल–मट्टितेलमा ४ रुपैयाँ वृद्धि
पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि भएको छ । नेपाल आयल निगमका अनुसार, पेट्रोलमा ५ रुपैयाँले मूल्यवृद्धि भएको हो । त्यस्तै, मट्टितेल र डिजेलमा ४ रुपैयाँले मूल्य बढेको निगमले विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ ।
आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ ।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५२ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ५९ पैसा र बिक्रीदर १६१ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८८ रुपैयाँ ५५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७२ रुपैयाँ ५९ पैसा कायम गरिएको छ ।
आजको मौसम : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ ।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तरतर्फ पश्चिम नेपालको केही नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । देशको उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij