Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

विकास हाइड्रोपावर लिमिटेडले २९ लाख कित्ता साधारण सेयर सर्वसाधारणमा निष्कासन सुरु

विकास हाइड्रोपावर लिमिटेडले २९ लाख कित्ता साधारण सेयर सर्वसाधारणमा निष्कासन सुरु

  • काठमाडौं। विकास हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (IPO) आजदेखि सार्वजनिक निष्कासनमा ल्याएको छ। यसअघि आयोजनाबाट प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई छुट्टै सेयर वितरण गरिसकेको कम्पनीले अब बाँकी रहेको सेयर सर्वसाधारणले खरिद गर्न सक्ने गरी निष्कासन प्रक्रिया सुरु गरेको हो।

    कम्पनीले कुल ९० करोड ९१ लाख रुपैयाँभन्दा बढीको जारी पुँजीमध्ये ४९ प्रतिशत हिस्सा अर्थात् ४४ लाख ५४ हजार ५९६ कित्ता सेयर निष्कासन गर्न नियामक निकायबाट अनुमति पाएको छ। यसमध्ये, ९ लाख ९ हजार १०१ कित्ता सेयर स्थानीयवासीलाई र ३ लाख ५४ हजार ५५० कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि पहिल्यै निष्कासन भइसकेको छ।

    अब कम्पनीले ७० हजार ९१० कित्ता आफ्ना कर्मचारीका लागि र १ लाख ७७ हजार २७५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको २९ लाख ४२ हजार ७६० कित्ता सेयर आम लगानीकर्ताका लागि सार्वजनिक गरेको हो।

    आवेदन दिने अन्तिम म्याद असार २२ गतेदेखि सुरु भई छिटोमा त्यही दिन नै बन्द हुन सक्नेछ भने बढीमा असार ३२ गतेसम्म खुला रहनेछ। इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

    यस आईपीओको क्रेडिट रेटिङ इक्रा नेपालले निर्धारण गरेको छ, जसअनुसार कम्पनीलाई 'इक्रा एनपी इस्यूअर रेटिङ्ग BBB-' प्रदान गरिएको छ। यो रेटिङले कम्पनीमा औसतस्तरको जोखिम विद्यमान रहेको तर दायित्व पूरा गर्ने क्षमता यथेष्ट रहेको देखाउँछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij