Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

महानगरको छात्रवृत्ति प्रवेश परीक्षा साउन ३ मा, अनलाइन आवेदन २७ असारसम्म

महानगरको छात्रवृत्ति प्रवेश परीक्षा साउन ३ मा, अनलाइन आवेदन २७ असारसम्म

  • काठमाडौं।काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गरी छात्रवृत्तिका लागि आवेदन खुला गरेको छ। शैक्षिक सत्र २०८२/०८३ का लागि महानगरले प्रतिस्पर्धात्मक परीक्षामार्फत छात्रवृत्ति वितरण गर्ने योजना ल्याएको हो।

    महानगरद्वारा प्रकाशित सूचनाअनुसार, इच्छुक विद्यार्थीहरूले १८ असारदेखि २७ असारभित्र अनलाइन फाराम भरी आवेदन दिन सक्नेछन्। यसका लागि महानगरपालिकाको आधिकारिक प्रवेश पोर्टल entrance.kathmandu.gov.np प्रयोग गर्न सकिने जनाइएको छ।

    छात्रवृत्तिको लागि प्रवेश परीक्षा साउन ३ गते बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुने जानकारी दिइएको छ। परीक्षा माध्यमिक तहको कक्षा १० को पाठ्यक्रममा आधारित हुने र कुल १०० अङ्कका बहुविकल्पीय वस्तुगत प्रश्नहरू सोधिनेछ।

    विद्यालयगत छात्रवृत्ति कोटा, परीक्षा केन्द्र र अन्य विस्तृत विवरणबारे जानकारी पछि प्रकाशन गरिनेछ। थप जानकारीको लागि काठमाडौं महानगरपालिकाको वेबसाइट www.kathmandu.gov.np हेर्न अनुरोध गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij