Logo

Oct 25 2025 | २०८२, कात्तिक ८गते

Oct 25 2025 | २०८२, कात्तिक ८गते

images

विकास हाइड्रोपावरको आइपीओमा पहिलो दिनमै अत्यधिक भीड, ५९ लाख बढी कित्ताको माग

विकास हाइड्रोपावरको आइपीओमा पहिलो दिनमै अत्यधिक भीड, ५९ लाख बढी कित्ताको माग

  •  

    काठमाडौं । विकास हाइड्रोपावर लिमिटेडले असार १८ गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरेको आइपीओमा पहिलो दिनमै मागभन्दा धेरै आवेदन परेको छ। बुधबार साँझ ५स्०७ बजेसम्ममा ५९ लाख ५९ हजार ६७० कित्ताका लागि आवेदन परेको सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ।

    यो आइपीओमा पहिलो दिनमै ४ लाख ८४ हजार ११९ जना सर्वसाधारणले आवेदन दिएका छन्। कम्पनीले कुल २९ लाख ४२ हजार ७६० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो। यसअघि ९ लाख ९ हजार १०१ कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई र ३ लाख ५४ हजार ५५० कित्ता विदेशमा कार्यरत नेपालीहरूका लागि छुट्याएर बाँडफाँट गरिसकेको छ।

    सर्वसाधारणका लागि खुला गरिएको यो आइपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन दिने अन्तिम म्याद असार २२ गतेसम्म तोकिएको छ।

    इक्रा नेपालले यस कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ द्यद्यद्य( ९ट्रिपल बी माइनस०’ रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij