Logo

Oct 25 2025 | २०८२, कात्तिक ८गते

Oct 25 2025 | २०८२, कात्तिक ८गते

images

कर्णाली विकास बैंक घोटाला: पूर्व अध्यक्ष पशुपति दयाल मिश्र पक्राउ, तीन अर्बभन्दा बढी रकम हिनामिना आरोप

कर्णाली विकास बैंक घोटाला: पूर्व अध्यक्ष पशुपति दयाल मिश्र पक्राउ, तीन अर्बभन्दा बढी रकम हिनामिना आरोप

  •  

    काठमाडौं । कर्णाली विकास बैंकको ठूलो घोटाला प्रकरणमा संलग्न भएको आरोपमा बैंकका पूर्व अध्यक्ष पशुपति दयाल मिश्र पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई आज नेपालगञ्जबाट नियन्त्रणमा लिएको हो।

    मिश्र वि।सं। २०६६ देखि २०७५ सालसम्म बैंकको अध्यक्ष पदमा थिए। उनमाथि बैंकको अर्बौं रुपैयाँ हिनामिना गरेको गम्भीर आरोप लागेको छ। प्रारम्भिक अनुसन्धानअनुसार कर्णाली विकास बैंकमा तीन अर्बभन्दा बढी रकम हिनामिना भएको पुष्टि भएको छ।

    यसअघि पनि सो प्रकरणमा संस्थापक अध्यक्ष राजेन्द्रवीर राय र तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij