Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्ति सर्वोच्चबाट सदर

संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्ति सर्वोच्चबाट सदर

  • काठमाडौं। सर्वोच्च अदालतले विभिन्न संवैधानिक आयोगमा नियुक्त ५२ पदाधिकारीहरूको नियुक्ति सदर गर्ने निर्णय गरेको छ। यद्यपि न्यायाधीशहरूमाझ राय विभाजन देखिए पनि अन्ततः नियुक्तिलाई वैध ठहर गर्दै फैसलामा टुंगो लगाइएको हो।

    प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा भएका यी नियुक्तिहरू लामो समयदेखि विवादमा तानिएका थिए। नियुक्तिको प्रक्रिया, सिफारिस प्रणाली र संवैधानिक प्रावधानअनुसार नभएको भन्दै चुनौती दिइएको थियो।

    तर अब सर्वोच्चको यस निर्णयसँगै ती पदाधिकारीहरूले आफ्नो पूरा कार्यकाल निर्वाध रूपमा पूरा गर्न पाउनेछन्। अदालतको यो फैसलाले आयोगहरूको कामकाजमा स्पष्टता ल्याउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij