Logo

Oct 25 2025 | २०८२, कात्तिक ८गते

Oct 25 2025 | २०८२, कात्तिक ८गते

images

प्रि ओपन सेसन : नेप्से सूचक  ५.३४  अंकले बढ्यो

प्रि ओपन सेसन : नेप्से सूचक  ५.३४  अंकले बढ्यो

  •  

    काठमाडौं । प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक ५.३४ अंकले वृद्धि भई २७००.१६ बिन्दुमा पुगेको छ। सेसन अवधिमा ७१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

    यो अवधिमा ६२ कम्पनीका कुल १२,०८४ कित्ता सेयर किनबेच भएका छन् भने कुल १२६ वटा कारोबार सम्पन्न भएका छन्। बजारको समग्र अवस्था हेर्दा, ४२ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि देखिएको छ भने १९ कम्पनीको मूल्य घटेको छ। बाँकी कम्पनीहरूमा भने कुनै मूल्य परिवर्तन देखिएको छैन।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij