Logo

Oct 24 2025 | २०८२, कात्तिक ७गते

Oct 24 2025 | २०८२, कात्तिक ७गते

images

बन्दीपुर केवलकार एण्ड टुरिजमलाई ५८ करोड बराबरको आईपीओ निष्कासन गर्न अनुमति

बन्दीपुर केवलकार एण्ड टुरिजमलाई ५८ करोड बराबरको आईपीओ निष्कासन गर्न अनुमति

  •  

    काठमाडौँ । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर ९क्ष्एइ० निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड ९सेवोन० बाट अनुमति प्राप्त गरेको छ। सेवोनले असार १९ गते कम्पनीलाई कुल ५८ करोड ६० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न स्वीकृति दिएको हो।

    यस अनुसार, कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५८ लाख ६० हजार कित्ता सेयर सर्वसाधारणमा ल्याउनेछ। यस आईपीओ निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले पाएको छ।

    हाल कम्पनीको ७९।२९ प्रतिशत शेयर संस्थापक समूहको स्वामित्वमा रहेको छ भने बाँकी २०।७१ प्रतिशत सर्वसाधारणलाई छुट्याइएको हो। तनहुँ जिल्लामा केबलकार र होटल सेवा सञ्चालन गर्दै आएको यस कम्पनीको हालको चुक्तापुँजी २ अर्ब २४ करोड ४० लाख रुपैयाँ रहेको छ, जुन आईपीओ बाँडफाँटपश्चात २ अर्ब ८३ करोड रुपैयाँमा पुग्नेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij