Logo

Jul 04 2025 | २०८२, असार २०गते

Jul 04 2025 | २०८२, असार २०गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् असार १९ बिहीबार मुख्यमुख्य आर्थिक समाचारहरू .....

नयाँसडक बुलेटिन : यस्ता छन् असार १९ बिहीबार मुख्यमुख्य आर्थिक समाचारहरू .....

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज असार १९ बिहीबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक  समाचारहरू....

    बन्दीपुर केवलकार एण्ड टुरिजमलाई ५८ करोड बराबरको आईपीओ निष्कासन गर्न अनुमति

    काठमाडौँ । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर ९क्ष्एइ० निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड ९सेवोन० बाट अनुमति प्राप्त गरेको छ। सेवोनले असार १९ गते कम्पनीलाई कुल ५८ करोड ६० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न स्वीकृति दिएको हो।

    यस अनुसार, कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५८ लाख ६० हजार कित्ता सेयर सर्वसाधारणमा ल्याउनेछ। यस आईपीओ निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले पाएको छ।

    एसियन लाइफ इन्सुरेन्सको बोनस सेयरमा मूल्य समायोजन, नयाँ मूल्य ५१९.७७ रुपैयाँ

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एसियन लाइफ इन्सुरेन्सको बोनस सेयरमा मूल्य समायोजन गरिएको छ। बिहीबार कम्पनीको ३.५९१५४९ प्रतिशत बोनस सेयर वितरणको आधारमा सेयर मूल्य समायोजन गरिएको हो।

    बोनस सेयर समायोजनका लागि नेप्सेले एसियन लाइफको बिहीबारको अन्तिम कारोबार मूल्य ५३८.४४ रुपैयाँलाई आधार मानेको छ। समायोजनपछि यसको प्रतिकित्ता सेयर मूल्य ५१९.७७ रुपैयाँ कायम गरिएको छ।

    सुरक्षाका आवश्यक सबै मापदण्ड पालना गर्न जिल्ला प्रशासन बाराद्वारा जगदम्बा स्टिल्सलाई निर्देशन

    वीरगञ्ज  ।जिल्ला प्रशासन कार्यालय बाराले आगजनीको घटनालाई आगामी दिनमा नदो¥याउनको लागि आवश्यक सुरक्षा सतर्कता अपनाउनको लागि जगदम्बा स्टिल्स कारखानाका प्रतिनिधिलाई निर्देशन दिएको छ । गएराति सो कारखानाको कच्चा पदार्थ पगाल्ने ३० टनको भट्टीमा भएको आमस्मिक आगलागी भएको थियो । 

     

     

     

    बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जगदम्बा स्टिल्स वरपर मानव वस्ती र सोही उद्योगमा कार्यरत मजदूरको सुरक्षाको लागि पनि आवश्यक सुरक्षाका मापदण्ड कडाईपूर्वक पालना गर्नका लागि उद्योगलाई निर्देशन दिएको राससलाई बताउनुभयो ।

    शेयर बजार : नेप्से परिसूचकमा १०.९८ अंकले बढ‍ेर २७०५.८१ विन्दुमा ,९ अर्ब  ६४ कारोबार रुपैयाँ भन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचकमा १०.९८ अंकले बढ‍ेर २७०५.८१ विन्दुमा आएको छ । आज ९ अर्ब  ६४ कारोबार   बढीको सेयर कारोबार भएको छ ।यस दिन ३११ कम्पनीको २ करोड ४९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३१ करोड ६८ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा बुटवल पावर कम्पनी अग्रस्थानमा परेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः साहस ऊर्जा र सप्तकोशी डेभलपमेन्ट बैंक रहेका छन् ।

     

    ग्लोबल आइएमई क्यापिटलको “समुन्नत योजना २” म्युचुअल फन्ड असार २२ गतेदेखि निष्काशनमा सस्तो, सुरक्षित र व्यावसायिक लगानीको अवसर

    काठमाडौँ  । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले असार २२ गतेदेखि सामूहिक लगानी कोष “ग्लोबल आइएमई समुन्नत योजना २” को इकाई सार्वजनिक निष्काशनमा ल्याउने भएको छ ।यो योजना प्रारम्भमा १ अर्ब २० करोडको कोष आकारबाट सुरु हुनेछ भने बढीमा २५ प्रतिशतसम्म वृद्धि गर्दै १ अर्ब ५० करोडसम्म विस्तार गर्न सकिने “ग्रीनसुओ अप्सन” सहितको व्यवस्था गरिएको छ ।

     

    यस योजनाले इक्विटी तथा निश्चित आम्दानीयुक्त साधनहरूमा लगानी गरी सन्तुलित रुपमा जोखिम व्यवस्थापन गर्दै लगानीकर्तालाई दीर्घकालीन लाभ दिने उद्देश्य राख्दछ ।योजना पूर्ण रूपमा म्युचुअल फन्ड नियमावली २०६७ अनुसार संचालनमा ल्याइएको छ, जसले पारदर्शिता, लगानीकर्ता संरक्षण तथा उचित कोष व्यवस्थापन सुनिश्चित गर्दछ ।

    विद्युत् विकास विभागद्वारा २४८ मेगावाट क्षमताका पाँच जलविद्युत् आयोजनाका लागि आशय पत्र आह्वान

    काठमाडौँ। विद्युत् विकास विभागले निजी क्षेत्रको सहभागितामा निर्माण गर्न लागिएको २४८ मेगावाट क्षमताका पाँच जलविद्युत् आयोजनाका लागि आशय पत्र आह्वान गरेको छ। बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै विभागले इच्छुक तथा योग्य नेपाली जलविद्युत् कम्पनीहरू वा तिनका संयुक्त लगानी समूहहरूलाई निर्माण, सञ्चालन र हस्तान्तरण  मोडेलमा आयोजना निर्माण गर्न आवेदन दिन आह्वान गरेको हो।

    आशय पत्र माग गरिएका आयोजना मध्ये म्याग्दी र पर्वत जिल्लामा पर्ने ५०.५ मेगावाट क्षमताको बेनी–कालीगण्डकी जलविद्युत् आयोजना, हुम्ला जिल्लास्थित ६१.०२ मेगावाटको हुम्ला कर्णाली आयोजना, र सोलुखुम्बु जिल्लाको २१.४ मेगावाटको इन्खु खोला आयोजना समावेश छन्। त्यसैगरी, म्याग्दी जिल्लामै रहेको ६५ मेगावाट क्षमताको कालीगण्डकी अपर आयोजना र हुम्लाकै ४९.५ मेगावाट क्षमताको लोती कमली पीआरओआर आयोजनाका लागि पनि आशय पत्र माग गरिएको छ।

    स्वस्तिक लघुवित्तले असार २७ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओ खुला गर्ने

    काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आगामी असार २७ गते (जुलाई ११) देखि प्राथमिक शेयर  बिक्री खुला गर्ने भएको छ। कम्पनीले प्रति कित्ता १०० रुपैयाँ दरमा २३,००० कित्ता सेयर सार्वजनिक गर्न लागेको हो।

    नेपाल धितोपत्र बोर्डबाट २ लाख ३१ हजार कित्ता सेयर निष्कासन गर्ने स्वीकृति पाएको स्वस्तिकले पहिलो चरणमा १०५ अर्थात २३ हजार कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई छुट्याएको छ।

    रास्वपाले संसदीय छानबिन समिति गठनको माग गर्ने

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’बारे भएको हेरफेरप्रति आपत्ति जनाएको छ । 

     

     

    रास्वपाको आज बसेको पार्टी सचिवालयको बैठकले प्रतिनिधिसभाबाट पारित निजामती सेवा विधेयकमा समावेश कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको हेरफेरमा संलग्नको छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गर्ने निर्णय गरेको हो ।

    पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न जिल्ला अदालतको आदेश

    काठमाडौँ । काठमाडौं जिल्ला अदालतले पत्रकार दिलभूषण पाठकलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। बिहीबार न्यायाधीश खेमराज भट्टको इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। पाठकले सोही दिन धरौटी बुझाउने तयारी गरेका छन्।

    पाठकले केही समयअघि आफ्नो युट्युब च्यानल ‘टफ टक विथ दिलभूषण पाठक’ मार्फत हिलटन होटल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवासम्बन्धी भिडियो रिपोर्ट सार्वजनिक गरेका थिए। उक्त रिपोर्ट सार्वजनिक भएपछि उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत साइबर अपराधको आरोपमा असार १६ गते मुद्दा दर्ता गरिएको हो।

    हिमाचल प्रदेशमा भारी वर्षाका कारण सार्वजनिक सेवा तथा यातायात अवरुद्ध

    शिमला ।पछिल्लो गत २४ घण्टामा हिमाचल प्रदेशभरि भएको भारी वर्षाले सार्वजनिक सुविधाहरूमा व्यापक अवरोध ल्याउनुका साथै सडक, विद्युत् र पानी आपूर्ति योजनाहरू प्रभावित भएको राज्य आपत्कालीन सञ्चालन केन्द्र (एसइओसी)ले स्थानीय समयानुसार बिहीबार बिहान ३ बजे जारी गरिएको पछिल्लो रिपोर्टमा जनाएको छ ।  

     

     

    हिमाचल प्रदेश विपद् व्यवस्थापन प्राधिकरणका अनुसार जुलाई २ मा दुई सय ४५ वटा सडक, नौ सय १८ वटा डिटिआर र छ सय ८३ वटा जलापूर्ति योजना अवरुद्ध भएको रिपोर्टको तुलनामा क्षति बढेको देखाएको छ । पछिल्लो तथ्याङ्कले धेरै जिल्लामा मनसुनको प्रभाव चिन्ताजनक वृद्धि भएको देखाएको छ ।

    चोभार गल्छीका चट्टान नफोडिने, फोहोर व्यवस्थापन मात्र गरिने: सहरी विकास मन्त्रालयको स्पष्टिकरण

    काठमाडौँ । सहरी विकास मन्त्रालयले काठमाडौँको चोभार गल्छीका चट्टान नफोडिने स्पष्ट पारेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै निकास विन्दुका रुपमा रहेको गल्छीका चट्टान नफोडिने उल्लेख गर्दै त्यहाँ रहेको फोहोर भने हटाउने बताएको हो । 

     

     

    अविरल वर्षाका बेला चोभार गल्छी आसपास डुबानको समस्या दोहोरिँदै आएपछि फोहोर व्यवस्थापन गरिने लागेको मन्त्रालयको भनाइ छ । 

    मन्त्रालयका प्रवक्ता नारायणप्रसाद मैनालीले ऐतिहासिक चट्टानहरू हटाउने कुनै योजना नभएको उल्लेख गर्दै अनावश्यक रुपमा भ्रम फैलाउने काम भएको बताउनुभयो ।

    यसकारण सडक मार्गबाटै ल्याइयो हेलिकप्टर

    काठमाडौँ । माउन्टेन हेलिकप्टर प्रालिले तातोपानी नाकाहुँदै हेलिकप्टर ल्याएको छ । कम्पनीका महाप्रवन्धक दिलबहादु वलीका अनुसार फ्रान्सको एयरबस कम्पनीमा निर्मित एयरबस बिथ्री हेलिकप्टर नेपाल भित्र्याइएको हो । 

     

     

    चीनमा उडान भरिरहेको होलिकप्टर कम्पनीले खरिद गरेर चीनबाटै नेपाल ल्याएको जनाएको छ । हेलिकप्टरलाई ४० फिटे कन्टेनरमा लोड गरी ल्याइएको जनाइएको छ ।

    अहिले बैंकहरूमा रहेको ७० खर्ब पुँजीको परिभाषा गर्ने चुनौती रहेको गभर्नरको भनाइ

    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले अहिले बैंकहरूमा रहेको ७० खर्ब पुँजीको परिभाषा गर्ने चुनौती रहेको बताएका छन् ।बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ (बाफिया)लाई संशोधन गर्न बनेको विधेयकमामाथि अर्थ समितिको बैठकमा गभर्नर पौडेलले धारणा व्यक्त गर्दै यस्तो बताएका हुन् ।

     

    नेपालमा कतिपय बैंकहरु फेल भए, कतिपय बैंकहरु सफल भएको बताउँदै गभर्नर पौडेलले भने ‘  अहिले बैंकिङ क्षेत्र ठूलो भएर गएको छ । हामीसँग भएको विदेशी मुद्रा रिजर्भहरु पनि ठूलो भएर गएका छन् ।  पहिला जस्तो ६० सालमा हाम्रो टोटल बैंकमा भएको पैसा र अहिलेकोमा एकदमै फरक छ । नेपालमा विदेशी मुद्रा पनि एकदमै धेरै भइसकेको छ । पहिला हामीसँग एक खर्ब थियो भने अहिले २४, २५ खर्ब पुगिसकेको छ ।’

    इप्पानद्वारा ‘मिसन २८,५०० मेगावाट’ नारासहित पावर समिट २०२५को घोषणा

    काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले मिसन २८ हजार ५ सय मेगावाटु विद्युत उत्पादनको लक्ष्यसहित पावर समिट २०२५ आयोजना गर्ने भएको छ। काठमाडौंमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा इप्पानले सन् २०३५ सम्म २८,५०० मेगावाट विद्युत उत्पादन सुनिश्चित गर्न पावर समिटको आयोजना गर्न लागिएको जानकारी गराएको हो।

    इप्पानका अध्यक्ष गणेश कार्कीका अनुसार, सो लक्ष्य प्राप्त गर्न झण्डै ६२ खर्ब रुपैयाँ लगानी आवश्यक पर्छ, जसमा करिब ५० खर्ब विदेशी लगानी आवश्यक हुनेछ। हालसम्म करिब ३,००० मेगावाट बराबरका परियोजनाले वित्तीय व्यवस्थापन ९फाइनान्सियल क्लोजर० गरिसकेको पनि उनले जानकारी दिए।

    सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

    सिरहा । माडर भन्सार कार्यालयमा ‘प्लान्ट क्वारेन्टिन’ सेवा उपलब्ध नहुँदा कृषिजन्य वस्तु आयातनिर्यात गर्ने  व्यवसायी  विराटनगर वा जलेश्वर पुग्नुपर्ने बाध्यात्मक अवस्था छ । 

     

    कृषि तथा पशुपन्छी विकास मन्त्रालय तथा मातहतका विभागले प्लान्ट क्वारेन्टिन प्रयोगाशालाको आवश्यकता औँल्याउँदै आए पनि त्यसले मूर्तरूप लिएको छैन । 

    विसं २०७८ असोजमा कृषिजन्य वस्तुको निरीक्षण र परीक्षण गरी छोडपुर्जी दिने उद्देश्यले सिरहा, महेशपुर र सुठौली भन्सारमा प्लान्ट क्वारेन्टिन स्थापना गर्ने निर्णय भएको थियो । कृषि तथा पशुपन्छी मन्त्रालय र प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र, हरिहरभवनमार्फत सम्बन्धित कार्यालयहरूमा प्राविधिक खटाउन पत्राचार पनि भएको थियो ।

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालद्वारा स्पेनका लगानीकर्ताहरूलाई लगानी गर्न आग्रह

    काठमाडौँ । नेपालका उद्योगी व्यवसायीहरूको तर्फबाट स्पेनका लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आग्रह गरिएको छ ।नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्पेनका उद्यमी–व्यवसायीलाई नेपालमा लगानीमैत्री वातावरण निर्माण भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गरेका हुन् ।

     

    बुधबार म्याड्रिडस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा उनले पर्यटन, ऊर्जा, कृषि, सूचना प्रविधि र पूर्वाधार क्षेत्रमा स्पेनका व्यवसायीहरूलाई लगानी गर्न आग्रह गरेको महासङ्घले जनाएको छ ।

    नेपालमा आयो एमजी विन्डसर इभी

    काठमाडौँ । नेपालका लागि एमजी मोटर्सको आधिकारिक आयातकर्ता एवम् वितरक पारामाउन्ट मोटर्स प्रालिले एमजी विन्डसर इभीको सार्वजनिक गरेको छ ।कम्पनीले हायात रिजेन्सी काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी एमजी विन्डसर इभी सार्वजनिक गरेको हो । एमजी विन्डसर इभीले  प्रिमियम इलेक्ट्रिक मोबिलिटीमा नयाँ आयाम स्थापित गर्ने कम्पनीले जनाएको छ ।
    एमजी विन्डसर इभीको लन्च कार्यक्रम, एमजीको नेपाल र विश्वव्यापी यात्रामा अर्को महत्वपूर्ण उपलब्धि हो। भारतमा निर्मित यस गाडीले व्यवहारिकता, सुविधा र प्रिमियम डिजाइनलाई एउटै गाडीमा समेट्दै एमजीको इलेक्ट्रिक मोबिलिटी पोर्टफोलियो विस्तार गरेको छ। विन्डसर इभीले थप स्पेस, थप कम्फर्ट र थप प्रिमियम फिचरहरू उपलब्ध गराउँछ, जसले यो परिवार र व्यवसायिक व्यक्तिहरूका लागि उत्तम विकल्प बनाउँछ। यसमा १३५० रेक्लाइन हुने एरो लाउन्ज सिटहरू, ६०४ लिटरको ठुलो बुट स्पेस, र १५.६ इन्चको ग्रान्डभ्यू टच डिस्प्ले रहेको छ, जसले गाडीभित्रको अनुभवलाई अझ उचाइमा पुर्याउँछ।

    नयाँ पारित भन्सार विधेयकमा के के छन् नयाँ व्यवस्था (हेर्नुहोस पूर्णपाठ)

    काठमाडौँ। भन्सार विधेयक, २०८० राष्ट्रियसभाबाट पारित भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भन्सार विधेयक, २०८० लाई पारित गरियोस्’ भनी बुधबार पेस गरेको प्रस्तावलाई राष्ट्रिय सभाले सर्वसहमतिले पारित गरेको हो । उक्त प्रस्ताव पेस गर्नुहुँदै अर्थमन्त्री पौडेलले नयाँ कानुन कार्यान्वयनपछि भन्सार चुहावट नियन्त्रण, प्रविधिको प्रयोग बढाउने, भन्सार जाँचपास छिटोछरितो र प्रभावकारी ढङ्गले काम गर्न सकिने विश्वास व्यक्त गरे । भन्सार जाँचपास प्रक्रियालाई थप प्रविधिमैत्री र सहज बनाउन तथा नेपाल पक्ष राष्ट्र रहेको क्योटो महासन्धि अनुकूल हुनेगरी भन्सार ऐन संशोधन आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याएको हो ।

    म्युचुअल फन्डमा लगानीकर्ताको चासो घट्दा इकाइ सस्तोमा कारोबार

    काठमाडौं । पछिल्लो समय शेयर बजार क्रमशः सुधारोन्मुख देखिए पनि म्युचुअल फन्डका इकाइहरू भने लगानीकर्ताको प्राथमिकतामा नपरेको प्रष्ट देखिन्छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत अधिकांश म्युचुअल फन्डहरू अंकित मूल्य १० रुपैयाँभन्दा तलको मूल्यमा कारोबार भइरहेका छन्।

     

    नेप्सेमा सूचीकृत ३८ वटा म्युचुअल फन्डमध्ये, जेठ महिनाको नेट एसेट भ्यालु (NAV) हेर्दा केवल ४ वटा मात्र फन्डका इकाइहरू १० रुपैयाँभन्दा कम मूल्यमा देखिन्छन्। तर, बजारमा वास्तविक कारोबार मूल्य हेर्दा २३ वटा म्युचुअल फन्ड अंकित मूल्यभन्दा पनि सस्तोमा किनबेच भइरहेका छन्। बुधबारको कारोबार अनुसार केवल १५ वटा फन्ड मात्र अंकित मूल्य वा सोभन्दा माथिको मूल्यमा कारोबार भए।

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij