Logo

Sep 11 2025 | २०८२, भदौ २६गते

Sep 11 2025 | २०८२, भदौ २६गते

images

राष्ट्रियसभा बैठक आज दिउँसो बस्ने ,आर्थिक विधेयक र ऋण उठाउने विधेयकमाथि छलफल

राष्ट्रियसभा बैठक आज दिउँसो बस्ने ,आर्थिक विधेयक र ऋण उठाउने विधेयकमाथि छलफल

  • काठमाडौं।संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो बस्दैछ। बैठक संसद भवन, नयाँ बानेश्वरमा दिउँसो १ बजेर १५ मिनेटमा आह्वान गरिएको छ।

    बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुई महत्वपूर्ण विधेयकमाथि दफावार छलफल प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। ती विधेयकहरूमा ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ पर्छन्।

    संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार, छलफलपछि ती विधेयकहरूलाई राष्ट्रियसभाबाट पारित गराई पुनः प्रतिनिधिसभामा फिर्ता पठाउने सम्भावित कार्यसूची तय गरिएको छ।

    उक्त विधेयकहरू चालु आर्थिक वर्षका लागि अत्यन्तै आवश्यक मानिएको छ। दुवै सदनबाट पारित भइसकेपछि मात्र तिनको कार्यान्वयन प्रक्रिया अघि बढ्ने भएकाले राष्ट्रियसभाको आजको बैठक अर्थपूर्ण मानिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij