Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

प्रधानमन्त्री ओली स्पेन भ्रमणपछि स्वदेश फर्किंदै, दोहा हुँदै आज साँझ काठमाडौँ आगमन

प्रधानमन्त्री ओली स्पेन भ्रमणपछि स्वदेश फर्किंदै, दोहा हुँदै आज साँझ काठमाडौँ आगमन

  • काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किँदै छन्। प्रधानमन्त्री ओली स्पेनको राजधानी मेड्रिडस्थित अडोल्फो सौरेज बराजाज अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार राति ११ बजे कतारको दोहा प्रस्थान गरेका हुन्। उनी दोहा हुँदै आज साँझ ५ बजे काठमाडौँ आइपुग्ने कार्यक्रम छ।प्रधानमन्त्री ओलीलाई स्पेन प्रस्थान गर्नुअघि मेड्रिड विमानस्थलमा स्पेनका लागि नेपाली राजदूत शनिल नेपालसहित नेपाली दूतावासका अन्य अधिकारीहरूले विदाइ गरेका थिए। प्रधानमन्त्री ओलीले स्पेनको सेभिया सहरमा सम्पन्न संयुक्त राष्ट्रसंघअन्तर्गत ‘विकासका लागि वित्त’ विषयमा आयोजित चौथो अन्तरर्राष्ट्रिय सम्मेलनमा सहभागी भएका थिए। सम्मेलनपछि मेड्रिडमा भएका द्विपक्षीय भेटवार्ता तथा अन्य कार्यक्रमहरूमा सहभागी भई प्रधानमन्त्री ओली स्वदेश प्रस्थान गरेका हुन्।उक्त भ्रमणमा प्रधानमन्त्री ओलीको नेतृत्वमा २९ सदस्यीय प्रतिनिधिमण्डल रहेको थियो। असार १४ गते स्पेन प्रस्थान गरेका प्रधानमन्त्री ओलीको यो भ्रमण विकास सहकार्य र द्विपक्षीय सम्बन्ध सुदृढ पार्ने दृष्टिकोणले महत्वपूर्ण मानिएको छ

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij