Logo

Oct 24 2025 | २०८२, कात्तिक ७गते

Oct 24 2025 | २०८२, कात्तिक ७गते

images

दरमखोला हाइड्रो इनर्जी लिमिटेडको आइपीओमा ४.२३ गुणा बढी आवेदन

दरमखोला हाइड्रो इनर्जी लिमिटेडको आइपीओमा ४.२३ गुणा बढी आवेदन

  • काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि बिक्री खुला गरेको आइपीओमा कुल १२ करोड ३७ लाख ३३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। सीडीएसका अनुसार, आज (असार २० गते) बिहान १०:०६ बजेसम्म ६१ हजार ८९४ जनाले १२ लाख ३७ हजार ३३० कित्ताका लागि आवेदन दिएका छन्। यो मागभन्दा ४.२३ गुणा बढी आवेदन हुनुले कम्पनीप्रति लगानीकर्ताको आकर्षण देखाएको छ।

    दरमखोला हाइड्रो इनर्जीले असार ९ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि २ लाख ९१ हजार १५० कित्ता सेयर बिक्री खुला गरेको हो। यस आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिन अन्तिम मिति असार २३ गते तोकिएको छ।

    वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्। यस आइपीओमा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटलले सम्हालेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij