Logo

Oct 24 2025 | २०८२, कात्तिक ७गते

Oct 24 2025 | २०८२, कात्तिक ७गते

images

सिद्धार्थ बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने

सिद्धार्थ बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने

  • काठमाडौं । सिद्धार्थ बैंकले असार २९ गतेदेखि २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन खुला गर्ने योजना बनाएको छ। बैंकले कुल २५ लाख इकाई ऋणपत्र जारी गर्नेछ, जसको प्रति इकाई मूल्य १ हजार रुपैयाँ तोकिएको छ। यसमध्ये १५ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ भने बाँकी १० लाख इकाई सर्वसाधारणका लागि खुला रहनेछ।

    सिद्धार्थ बैंकले वार्षिक ७.२५ प्रतिशत ब्याजदर सहितको “एसबीएल डिबेन्चर २०९१” नामक १० वर्षे ऋणपत्र जारी गर्न लागेको हो। ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ।

    यस ऋणपत्रमा आवेदन दिनको लागि असार ३२ गतेसम्म समय तोकिएको छ। यदि उक्त मितिमा सबै ऋणपत्र बिक्री नभएमा आवेदन अवधि साउन ११ गतेसम्म थपिनेछ। लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम सम्पूर्ण इकाईसम्म आवेदन दिन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij