Logo

Oct 24 2025 | २०८२, कात्तिक ७गते

Oct 24 2025 | २०८२, कात्तिक ७गते

images

भारतबाट नेपाल आउँदा पाँच हजार अमेरिकी डलर बराबरको रकम ल्याउन सकिन्छ : अर्थमन्त्री

भारतबाट नेपाल आउँदा पाँच हजार अमेरिकी डलर बराबरको रकम ल्याउन सकिन्छ : अर्थमन्त्री

  • काठमाडौं ।  उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भारतबाट नेपाल प्रवेश गर्ने व्यक्तिले भन्सारमा घोषणा नगरी अधिकतम पाँच हजार अमेरिकी डलर बराबरको रकम ल्याउन सक्ने व्यवस्था रहेको स्पष्ट पारेका छन्। शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै उनले भन्सारमा घोषणा गरेमा थप रकम स्वरूप ६ लाख रुपैयाँसम्म भारतीय मुद्रा ल्याउन सकिने जानकारी दिए।

    पौडेलका अनुसार नेपाल भ्रमणमा आउने पर्यटकलाई सहज बनाउने उद्देश्यले क्युआर कोड र कार्डमार्फत सीमित मात्रामा भुक्तानी स्वीकार गर्ने प्रावधान पनि लागू गरिएको छ। साथै, उनले भारतीय पाँच सय रुपैयाँका नोट नेपालमा प्रतिबन्ध लगाउने निर्णयको कारण पनि स्पष्ट पारे— ती नोटहरू भारत सरकारले फिर्ता नलिने भएकाले स्वीकार नगरिएको हो।

    भन्सार बिन्दुबाट गाडी प्रवेश गरेपछि पुनः विभिन्न स्थानमा चेकजाँच नगर्ने व्यवस्था गरिएको उल्लेख गर्दै मन्त्री पौडेलले बैङ्क तथा वित्तीय संस्थासम्बन्धी विधेयक सुधारका लागि छलफल आवश्यक रहेको बताए।

    कालोधनलाई कर तिरेर वैध बनाउने प्रस्ताव संवेदनशील भएको उल्लेख गर्दै उनले यस्तो व्यवस्था अन्तर्राष्ट्रिय मूल्यांकनमा असर पार्न सक्ने भन्दै गम्भीर छलफल आवश्यक रहेको धारणा व्यक्त गरे।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij