Logo

Oct 24 2025 | २०८२, कात्तिक ७गते

Oct 24 2025 | २०८२, कात्तिक ७गते

images

विकास हाइड्रोपावरको आइपीओमा २ अर्ब ५६ करोड रुपैयाँभन्दा बढीको आवेदन, २१ लाखभन्दा बढीले सहभागिता

विकास हाइड्रोपावरको आइपीओमा २ अर्ब ५६ करोड रुपैयाँभन्दा बढीको आवेदन, २१ लाखभन्दा बढीले सहभागिता

  •  

    काठमाडौं । विकास हाइड्रोपावर लिमिटेडको प्राथमिक सेयर ९क्ष्एइ० निष्कासनमा सर्वसाधारणबाट अत्यधिक चासो देखिएको छ। सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार आइपीओमा अन्तिम दिन आइतबार साँझ ५स्०७ बजे सम्ममा २ अर्ब ५६ करोड २७ लाख ११ हजार रुपैयाँ बराबरको आवेदन परेको हो। यस अवधिमा कुल २१ लाख २० हजार ८५७ आवेदकले २ करोड ५६ लाख २७ हजार ११० कित्ता सेयरका लागि आवेदन दिएका छन्।

    कम्पनीले असार १८ गतेदेखि सर्वसाधारणका लागि २९ लाख ४२ हजार ७६० कित्ता साधारण सेयर निष्कासन गरेको थियो। यसअघि आयोजनाबाट प्रभावित स्थानीयवासीका लागि ९ लाख ९ हजार १०१ कित्ता र विदेशमा श्रम स्वीकृति लिएर कार्यरत नेपालीहरूका लागि ३ लाख ५४ हजार ५५० कित्ता सेयर छुट्याइएको थियो, जुन पहिले नै बाँडफाँट भइसकेको छ।

    यस आइपीओलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस  प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।
    आइपीओमा देखिएको उल्लेखनीय सहभागिताले लगानीकर्ताको विश्वास दर्शाउँछ। अब बाँडफाँटका लागि ठूलो प्रतिस्पर्धा हुने अनुमान छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij