Logo

Oct 24 2025 | २०८२, कात्तिक ७गते

Oct 24 2025 | २०८२, कात्तिक ७गते

images

सयपत्री हाइड्रोपावरको ‘लक इन’ अवधि साउन २३ मा सकिँदै, सेयर कारोबारका लागि खुला हुँदै

सयपत्री हाइड्रोपावरको ‘लक इन’ अवधि साउन २३ मा सकिँदै, सेयर कारोबारका लागि खुला हुँदै

  •  

    काठमाडौं ।सयपत्री हाइड्रोपावर लिमिटेडको संस्थापक, स्थानीय बासिन्दा तथा कर्मचारीले होल्ड गरेको सेयरको ‘लक इन’ अवधि आगामी साउन २३ गते सकिने भएको छ। लक इन अवधि समाप्त भएपछि ती सेयरधनीहरूले आफ्नो सेयर सेकेन्डरी बजारमा  कारोबार गर्न सक्नेछन्।

    कम्पनीले सर्वसाधारणलाई २०७९ साउन २४ गते सेयर बाँडफाँट गरेको थियो। नियमन अनुसार, संस्थापक, स्थानीय बासिन्दा तथा कर्मचारीको सेयरमा तीन वर्षको लक इन अवधि अनिवार्य गरिएको थियो। हाल लक इनमा रहेको सेयरमध्ये २१ लाख कित्ता संस्थापक सेयर, १ लाख ७८ हजार ९४० कित्ता स्थानीय बासिन्दाको सेयर र १४ हजार ४२१ कित्ता कर्मचारीको सेयर रहेका छन्।

    लक इन अवधि सकिनु सँगै बजारमा नयाँ सेयर आपूर्ति बढ्न सक्ने भएकाले यसले बजार भावमा पनि प्रभाव पार्न सक्ने अनुमान गरिएको छ। सेयरधनीहरूले अब आफ्नो लगानीलाई तरलता दिन सक्ने अवस्था बन्नेछ।

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij