Logo

Oct 24 2025 | २०८२, कात्तिक ७गते

Oct 24 2025 | २०८२, कात्तिक ७गते

images

दरमखोला हाइड्रोको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

दरमखोला हाइड्रोको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

  • काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन  मा आवेदन दिन चाहने लगानीकर्ताहरूका लागि आज (सोमबार, असार २३ गते) अन्तिम दिन हो। इच्छुक लगानीकर्ताले कार्यालय समयभित्र आवश्यक प्रक्रिया पूरा गरी आवेदन दिन सक्नेछन्।

    कम्पनीले असार ९ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि सेयर बिक्री खुला गरेको हो। नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएअनुसार कम्पनीले आफ्नो कुल जारी पुँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँमध्ये ३८.३३ प्रतिशत अर्थात् ३९ करोड ५० लाख रुपैयाँ बराबरको सेयर सार्वजनिक निष्कासन गर्दैछ।

    यसमा आयोजनाबाट प्रभावित गुल्मी जिल्लाको मुसिकोट नगरपालिका, बागलुङ जिल्लाको गलकोट नगरपालिका, तथा बडीगाउँ गाउँपालिकाका स्थानीयबासिन्दाका लागि १० लाख ३० हजार ५०० कित्ता सेयर छुट्याइएको छ।

    त्यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि कुल २ लाख ९१ हजार १५० कित्ता सेयर छुट्याइएको छ, जुन सर्वसाधारणका लागि छुट्याइएको २९ लाख १९ हजार ५०० कित्तामध्ये १० प्रतिशत हो। दुवै समूहका लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म सेयरका लागि आवेदन दिन सक्नेछन्।

    स्थानीयबासिन्दाले ग्लोबल आइएमई बैंकको वामी शाखा, लक्ष्मी सनराइज बैंकको गलकोट शाखा, प्रभु बैंकको गलकोट शाखा र दरम खोला पावरहाउसबाट फारम बुझाउन सक्नेछन्। दरखास्त फारम लिँदा २ रुपैयाँ दस्तुर तिर्नुपर्नेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले चाहिँ सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था वा मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन्।

    उक्त आइपीओको बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटलले लिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij