Logo

Oct 24 2025 | २०८२, कात्तिक ७गते

Oct 24 2025 | २०८२, कात्तिक ७गते

images

गर्जाङ उपत्यका हाइड्रोपावरले ल्याउँदै १० लाख कित्ता आइपीओ, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त

गर्जाङ उपत्यका हाइड्रोपावरले ल्याउँदै १० लाख कित्ता आइपीओ, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त

  •  

    काठमाडौं । गर्जाङ उपत्यका हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ। यसका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ। सम्झौतामा गर्जाङ हाइड्रोपावरका अध्यक्ष अरुणकुमार सुवेदी र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन्।

    कम्पनीले कुल ५० करोड रुपैयाँको जारी पूँजीमध्ये २० प्रतिशत, अर्थात् १० करोड रुपैयाँ बराबरका १० लाख कित्ता साधारण सेयर सर्वसाधारणलाई निष्कासन गर्ने तयारी गरेको हो। उक्त सेयर प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा निष्कासन गरिनेछ।

    गर्जाङ उपत्यका हाइड्रोपावर लिमिटेडको स्थापना विसं २०६० पुस २१ गते प्राइभेट लिमिटेडको रूपमा भएको हो। पछि कम्पनीलाई २०७० चैत २४ गते पब्लिक लिमिटेडमा रूपान्तरण गरिएको थियो। कम्पनीले रामेछाप जिल्लामा अवस्थित २.८३ मेगावाट क्षमताको ुचके खोलाु रन(अफ(द(रिभर जलविद्युत् आयोजना सञ्चालनमा ल्याइसकेको छ, जसले २०७४ मंसिर २८ गतेदेखि व्यावसायिक उत्पादन गरिरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij