Logo

Aug 26 2025 | २०८२, भदौ १०गते

Aug 26 2025 | २०८२, भदौ १०गते

images

कामना सेवा विकास बैंकद्वारा ४०,३३० कित्ता संस्थापक सेयर बिक्रीमा

कामना सेवा विकास बैंकद्वारा ४०,३३० कित्ता संस्थापक सेयर बिक्रीमा

  •  

    काठमाडौं । कामना सेवा विकास बैंकले कुल ४० हजार ३३० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। यो सेयरमा बैंकका वर्तमान संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्।

    बैंकले जानकारी दिएको अनुसार, इच्छुक संस्थापक सेयरधनीहरूले आज (असार २३) गतेदेखि ३५ दिनभित्र आवश्यक कागजातसहित काठमाडौं, ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।

    आवेदन दिने व्यक्तिले आफूले खरिद गर्न चाहेको सेयरको संख्या स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ। निर्धारित समयावधिमा कुनै पनि संस्थापक सेयरधनीबाट सेयर खरिदको लागि निवेदन नआएमा, बैंकले प्रचलित कानुनअनुसार अन्य योग्य लगानीकर्तालाई ती सेयर बिक्री गर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij