Logo

Oct 23 2025 | २०८२, कात्तिक ६गते

Oct 23 2025 | २०८२, कात्तिक ६गते

images

हिमालयन बैंक असार ३२ देखि एफपीओ निष्कासन गर्दै, प्रतिकित्ता १५७ रुपैयाँमा ९२ लाखभन्दा बढी कित्ता सेयर

हिमालयन बैंक असार ३२ देखि एफपीओ निष्कासन गर्दै, प्रतिकित्ता १५७ रुपैयाँमा ९२ लाखभन्दा बढी कित्ता सेयर

  •  

    काठमाडौं । हिमालयन बैंक लिमिटेडले असार ३२ गतेदेखि एफपीओ  निष्कासन गर्ने भएको छ। बैंकले प्रतिकित्ता १५७ रुपैयाँको दरमा कुल ९२ लाख ५० हजार ४६९ कित्ता सेयर निष्कासन गर्दैछ। यस एफपीओमार्फत बैंकले करिब १ अर्ब ४५ करोड २३ लाख रुपैयाँभन्दा बढीको पूँजी संकलन गर्ने लक्ष्य राखेको छ।

    एफपीओ निष्कासनको मुख्य उद्देश्य बैंकको सेयर स्वामित्व संरचना सुधार गर्दै संस्थापक र सर्वसाधारण सेयरधनीबीचको अनुपात ७०स्३० कायम गर्नु हो। एफपीओको बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।

    निवेशकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने इच्छुक व्यक्तिले अधिकतम सम्पूर्ण एफपीओ कित्ताका लागि आवेदन दिन सक्नेछन्। एफपीओको आवेदन अवधि छिटोमा साउन ४ गतेसम्म रहनेछ। यदि सो अवधिसम्म पर्याप्त आवेदन प्राप्त नभएमा यो समयसीमा असार १४ गतेसम्म लम्ब्याइनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij