Logo

Aug 26 2025 | २०८२, भदौ १०गते

Aug 26 2025 | २०८२, भदौ १०गते

images

राप्ती हाइड्रोको हकप्रद सेयर आवेदन आज अन्तिम दिन

राप्ती हाइड्रोको हकप्रद सेयर आवेदन आज अन्तिम दिन

  •  

    काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको हकप्रद सेयरमा आवेदन दिन आज असार २४ गते, मंगलबार अन्तिम दिन हो। लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ।

    कम्पनीले असार १ गतेदेखि १स्१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर जारी गरेको हो। यसअनुसार, कम्पनीले ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरिरहेको छ।

    हकप्रद सेयरका लागि कम्पनीले बुक क्लोज मिति जेठ ६ गते तोकेको थियो। त्यस अनुसार, जेठ ५ गतेसम्म कायम रहेका सेयरधनीहरूले मात्र हकप्रदमा आवेदन दिन पाउनेछन्।

    यस सेयर निष्कासनको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले आवेदन मुक्तिनाथ क्यापिटलको कार्यालय ९नारायणचौर, नक्साल० वा राप्ती हाइड्रोको कर्पोरेट कार्यालय (त्रिपुरेश्वर, काठमाडौं) मा व्यक्तिगत रूपमा जानुका साथै देशभर रहेका मुक्तिनाथ विकास बैंकका शाखाहरू—विर्तामोड, विराटनगर, वीरगञ्ज, जनकपुर, नारायणगढ, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी, र महेन्द्रनगरबाट पनि दिन सक्नेछन्।

    साथै, धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र ‘मेरो सेयर’ प्रणालीमार्फत अनलाइन आवेदन दिन सकिने व्यवस्था पनि गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij