
काठमाडौं । सोमवार रातिदेखि परेको अविरल वर्षासँगै भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण तीन जलविद्युत् आयोजनामा क्षति पुगेपछि करिब २०० मेगावाटभन्दा बढी विद्युत् उत्पादन पूर्ण रूपमा ठप्प भएको छ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार बाढीका कारण १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना, २२ मेगावाट क्षमताको चिलिमे आयोजना र ६० मेगावाट क्षमताको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजना प्रभावित भएका छन्।
उनका अनुसार, सबैभन्दा ठूलो क्षति रसुवागढी आयोजनामा भएको छ भने अन्य केही आयोजना र पुरानो त्रिशूली जलविद्युत् केन्द्रमा पनि असर पुगेको खबर प्राप्त भएको छ। यद्यपि, बाढीले पुर्याएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ।
ढकालले थप जानकारी दिँदै भने, ;थ्रि बी हब सबस्टेशन अहिले सबैभन्दा बढी जोखिममा रहेको छ।ू;साथै, निजी क्षेत्रका आयोजनाहरू पनि बाढीको असरमा परेका प्रारम्भिक सूचनाहरू प्राप्त भएका छन्।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij