Logo

Oct 23 2025 | २०८२, कात्तिक ६गते

Oct 23 2025 | २०८२, कात्तिक ६गते

images

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक असार ३२ गतेदेखि १ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्दै

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक असार ३२ गतेदेखि १ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्दै

  • काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले असार ३२ गतेदेखि ‘शाइन रेसुङ्गा डिबेञ्चर’ नामक ऋणपत्र निष्कासन गर्न लागेको छ। बैंकले १० वर्ष अवधिको ऋणपत्र प्रतिकित्ता १,००० रुपैयाँको दरमा कुल १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र जारी गर्नेछ। तीमध्ये ६० प्रतिशत अर्थात् ६ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट र बाँकी ४० प्रतिशत अर्थात् ४ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गरिनेछ। सर्वसाधारणका लागि छुट्याइएको भागमध्ये ५ प्रतिशत ९२० हजार कित्ता० सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

    यस ऋणपत्रमा वार्षिक ८ प्रतिशत ब्याजदर प्रदान गरिनेछ, जुन हरेक आर्थिक वर्षको पहिलो र दोस्रो अर्धवार्षिक समाप्तपछि कर कटौती गरी भुक्तानी गरिनेछ। लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्। निष्कासन अवधि छिटोमा साउन ४ गते र ढिलोमा साउन १४ गतेसम्म कायम रहनेछ।

    ऋणपत्र निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी एनआईएमबी एस क्यापिटल लिमिटेडले लिएको छ। आवेदन दिने व्यवस्था सि(आस्वा प्रणालीमार्फत ‘मेरो सेयर’ अनलाइन पोर्टल, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखाहरूबाट हुनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij