Logo

Oct 23 2025 | २०८२, कात्तिक ६गते

Oct 23 2025 | २०८२, कात्तिक ६गते

images

हिम स्टार ऊर्जा कम्पनीको आईपीओमा पहिलो दिनमै माग ८ गुणाभन्दा बढी, ५ लाख बढी आवेदक

हिम स्टार ऊर्जा कम्पनीको आईपीओमा पहिलो दिनमै माग ८ गुणाभन्दा बढी, ५ लाख बढी आवेदक

  •  

    काठमाडौं ।हिम स्टार ऊर्जा कम्पनीको सर्वसाधारणका लागि खुला गरिएको प्रारम्भिक सार्वजनिक निष्कासन ९क्ष्एइ० मा पहिलो दिनमै अत्यधिक चासो देखिएको छ। मंगलबार साँझसम्ममा ५ लाख २० हजार २६७ जना आवेदकले कुल ६२ लाख ६२ हजार २५० कित्ता शेयरका लागि आवेदन दिएका छन्।

    कम्पनीले प्रतिकित्ता रु १०० का दरले ७ लाख ७३ हजार ९७५ कित्ता शेयर निष्कासन गरेको हो। यस आधारमा पहिलो दिनमै माग निष्कासनको ८.०९ गुणा बढी पुगेको हो। आवेदन दिने अन्तिम म्याद असार २७ गते सम्म कायम रहेको छ।

    यस आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १०,००० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आवेदन सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर प्रणालीमार्फत दिन सकिन्छ।

    कम्पनीको रेटिङ कस्तो छ ?
    इक्रा नेपालले हिम स्टार ऊर्जा कम्पनीलाई ूइक्रा एनपी डबल बी माइनसू इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व समयमै पूरा गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ। इक्रा नेपालले यो रेटिङ २०८१ चैत १ गते प्रदान गरेको हो, जुन २०८२ फागुन २९ गतेसम्म वैध रहनेछ।

    यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी आईपीओ बाँडफाँट गरिसकेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij