
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज असार २४ मंगलबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
हिम स्टार ऊर्जा कम्पनीको आईपीओमा पहिलो दिनमै माग ८ गुणाभन्दा बढी, ५ लाख बढी आवेदक
काठमाडौं ।हिम स्टार ऊर्जा कम्पनीको सर्वसाधारणका लागि खुला गरिएको प्रारम्भिक सार्वजनिक निष्कासन ९क्ष्एइ० मा पहिलो दिनमै अत्यधिक चासो देखिएको छ। मंगलबार साँझसम्ममा ५ लाख २० हजार २६७ जना आवेदकले कुल ६२ लाख ६२ हजार २५० कित्ता शेयरका लागि आवेदन दिएका छन्।
कम्पनीले प्रतिकित्ता रु १०० का दरले ७ लाख ७३ हजार ९७५ कित्ता शेयर निष्कासन गरेको हो। यस आधारमा पहिलो दिनमै माग निष्कासनको ८.०९ गुणा बढी पुगेको हो। आवेदन दिने अन्तिम म्याद असार २७ गते सम्म कायम रहेको छ।
रसुवागढी बाढी : सुक्खा बन्दरगाह बग्दा ठूलो क्षति, २० जना बेपत्ता, विद्युत उत्पादन पूर्ण रूपमा ठप्प
रसुवा । गए रातिको भीषण बाढीले रसुवागढी भन्सार नजिकको सुक्खा बन्दरगाह बगाउँदा ठूलो जनधनको क्षति भएको छ। जिल्ला प्रशासन कार्यालय, रसुवाका अनुसार बाढीले २३ वटा मालवाहक कन्टेनर, ६ वटा मालवाहक ट्रक, र ३५ वटा नयाँ विद्युतीय सवारीसाधन गरी ६४ सवारीसाधन बगाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार हालसम्म २० जना बेपत्ता भएका छन्। तीमध्ये नेपाल प्रहरीका ३ जना, बन्दरगाहमा कार्यरत ६ जना कामदार, ५ जना डिब्बा चालक, र ६ जना चिनियाँ नागरिक रहेका छन्।
धितोपत्र बजार पुँजीकरण ४४ खर्ब २३ अर्ब पुग्यो
काठमाडौँ । पछिल्लो समय धितोपत्र बजारको पुँजीकरणले एकपछि अर्को रेकर्ड बनाइरहेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार २०८२ जेठ मसान्तसम्म धितोपत्र बजार पुँजीकरण ४४ खर्ब २३ अर्ब ४ करोड कायम भएको हो । गत वर्षको जेठ मसान्तमा बजार पुँजीकरण ३३ खर्ब ४९ अर्ब ४८ करोड रहेको थियो ।
त्यसअघि २०८० माघ मसान्तसँग तुलना गर्दा धितोपत्र बजार पुँजीकरण ३३ खर्ब २ अर्ब ८४ करोड कायम भएको थियो । अझ त्यसअघि अर्थात २०७९ माघ मसान्तमा बजार पुँजीकरण ३० खर्ब ६१ अर्ब रहेको थियो । धितोपत्र बजारमा सूचीकृत सम्पूर्ण कम्पनीका सेयरको बजार मूल्यको कुल जोडलाई बजार पुँजीकरण भनिन्छ ।
शेयर बजार : नेप्से परिसूचकमा ३.६१ अंकले बढेर २६८७.६३ विन्दुमा ,६ अर्ब ५७ करोड रुपैयाँ भन्दा बढीको कारोबार
काठमाडौँ । आज नेप्से परिसूचकमा ३.६१ अंकले बढेर २६८७.६३ विन्दुमा आएको छ । यस दिन ६ अर्ब ५७ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
यस दिन ३०४ कम्पनीको १ करोड ५० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ५१ करोड ६७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल रिइन्सुरेन्स कम्पनी अग्रस्थानमा परेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः बुटवल पावर र गार्डियन माइक्रो लाइफ इन्सुरेन्स रहेका छन् ।
हिमालयन बैंक असार ३२ देखि एफपीओ निष्कासन गर्दै, प्रतिकित्ता १५७ रुपैयाँमा ९२ लाखभन्दा बढी कित्ता सेयर
काठमाडौं । हिमालयन बैंक लिमिटेडले असार ३२ गतेदेखि एफपीओ निष्कासन गर्ने भएको छ। बैंकले प्रतिकित्ता १५७ रुपैयाँको दरमा कुल ९२ लाख ५० हजार ४६९ कित्ता सेयर निष्कासन गर्दैछ। यस एफपीओमार्फत बैंकले करिब १ अर्ब ४५ करोड २३ लाख रुपैयाँभन्दा बढीको पूँजी संकलन गर्ने लक्ष्य राखेको छ।
एफपीओ निष्कासनको मुख्य उद्देश्य बैंकको सेयर स्वामित्व संरचना सुधार गर्दै संस्थापक र सर्वसाधारण सेयरधनीबीचको अनुपात ७०स्३० कायम गर्नु हो। एफपीओको बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।
स्कर्पियो र बलेरो एकापसमा ठोक्किँदा १० घाइते
नवलपुर ।नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिकामा स्कर्पियो र बलेरो ठोक्किँदा १० जना घाइते भएका छन् ।
नारायाणघाटतर्फ जाँदै गरेको लु प्र ०१–००१ च ०९४८ नं को स्कर्पियो र बुटवलतर्फ जाँदै गरेको बा प्र ०३–००१ च १४७४ नं को पिकअप बलेरो आज पूर्व–पश्चिम राजमार्गमा पर्ने विनयी त्रिवेणी–१ को गुम्बाचोकमा एकआपसमा ठाक्किँएका थिए ।
अमेरिकाको टेक्सास रहेका नेपालीलाई सतर्क रहन प्रधानमन्त्री ओलीको आग्रह
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको टेक्सासमा रहेका नेपाललाई सतर्क रहन आग्रह गर्नुभएको छ ।
आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले टेक्सासमा बाढी आएकाले बसोबास गर्ने नेपालीलाई सतर्क रहन आग्रह गर्नुभएको हो । प्रधानमन्त्री ओलीले टेक्सासमा आएको बाढीका कारण १०० जनाभन्दा बढीको ज्यान गएको र ती ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
उपल्लो मुस्ताङमा बाढी, तटीय क्षेत्रका बासीन्दालाई सुरक्षित रहन आग्रह
मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ चुमजुङ गाउँमाथिको लेकबाट लेदोसहितको भीषण बाढी आएको छ । आज साँझ ५ बजेदेखि लोमान्थाङको चुमजुङ लेकबाट भीषण लेदोसहितको बाढी आएको लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिनुभयो ।
अहिलेसम्म चुमजुङ लेकबाट आएको भीषण बाढीका कारण लोमान्थाङ गाउँपालिकाभित्रका करिब चार वटाभन्दा बढी अस्थायी पुल र कल्र्भट बगाइसकेको गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो । “यहाँको चुमजुङ गाउँमाथिको उच्चलेकबाट निकै ठूलो लेदोसहितको भीषण बाढी आइरहेको छ, यसले ठूलो क्षति निम्त्याउन सक्ने जोखिम बढेको छ”, अध्यक्ष गुरुङले भन्नुभयो, “हामी अहिले बाढीलाई नजिकबाट नियालिरहेका छौँ, यहाँबाट मुस्ताङको तल्लो क्षेत्रमा कालीगण्डकी तटीय बस्तीलाई फोनबाट सर्तक रहन आग्रह गरेका छौँ ।”
श्रमिकको न्यूनतम पारिश्रमिक मासिक ३० हजार ४४३ तोकिनुपर्छ : जेटियुसिसी
काठमाडौँ ।संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)ले श्रमिकको न्यूनतम पारिश्रमिक रु ३० हजार ४४३ मासिक तोक्नुपर्ने माग राखेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा केन्द्रका अध्यक्ष जगतबहादुर सिम्खडाले न्यूनतम पारिश्रमिकमा अविलम्ब पुनरावलोकन, योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको पूर्ण कार्यान्वयन तथा श्रमसम्बन्धी कानुनको संशोधनलगायत विषयमा सरकार, रोजगारदाता र सरोकार भएकाहरूको ध्यानाकर्ष गराएको छ ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा रसुवा बाढी पीडितको उद्धार खोजतलाश गर्न आग्रह
काठमाडमौँ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले रसुवा गढीमा आएको बाढीले भएको धनजनको क्षतिप्रति दुख व्यक्त गर्दै पीडितहरूको उद्धार गर्न आग्रह गरेको छ ।सोमबार राति आएको बाढीले भएको ठूल धनजनको क्षतिप्रति दुख व्यक्त गर्दै एक विज्ञप्ति जारी गरी महासंघले यस्तो आग्रह गरेको हो ।
महासंघका अध्यक्ष मनोजबाबु श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘यस प्राकृतिक विपद्को घडीमा फसेका व्यक्तिको उद्धार ,घाइतेहरूको यथाशीघ्र उपचार साथै हराएका व्यक्तिहरूको यथाशीघ्र खोजतलाश , पीडितहरूलाई राहत,उपलब्ध गराउनहुन साथै क्षतिग्रस्त भौतिक संरचनाहरू पुननिर्माण गरी छिटो भन्दा छिटो कार्यसञ्चालनको वातावरण मिलाइ दिनहुनका लागि नेपाल सरकार तथा सम्बन्धित निकायहरूमा नेपाल राष्ट्रिय व्यवसायी महासंघ हार्दिक अपिल गर्दछ ।’
उद्योग मन्त्री भण्डारीसँग खाद्य तथा कृषि संगठन (FAO)का प्रतिनिधि शिमिजुको शिष्टाचार भेट
काठ्माण्डौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग खाद्य तथा कृषि संगठन (FAO) का नेपाल तथा भूटानका प्रतिनिधि केन शिमिजुले शिष्टाचार भेटवार्ता गरेका छन् ।
स्रोत नखुलेको १ करोड ४४ लाख रुपैयाँ सहित एक चिनियाँ नागरिक पक्राउ
काठमाडौँ । प्रहरीले स्रोत नखुलेको १ करोड ४४ लाख रुपैयाँ सहित एक चिनियाँ नागरिक पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४० वर्षीय चिनियाँ नागरिक वाङ जियन रहेका छन् ।
प्रहरीले काठमाडौं महानगरपालिका-६ बौद्ध नयाँबस्ती स्थित एक घरमा भाडा लिएर बसेका वाङको कोठाबाट उक्त रकम बरामद भएको जनाएको छ ।प्रहरीका अनुसार यस विषयमा थप अनुसन्धान जारी रहेको छ ।
एघार महिनामा विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १५ अर्ब ६५ करोड
काठमाडौँ । एघार महिनाको कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १५ अर्ब ६५ करोड पुगेको छ । चालु आवको जेष्ठ मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति शीर्षकमा नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो जनाइएको हो ।
सो प्रतिवेदन अनुसार विप्रेषण आप्रवाह नेपाली रुपैयामा १५.५ प्रतिशतले बढेको छ । अमेरिकी डलरमा यो वृद्धि १२.७ प्रतिशतले बढेको छ । २०८२ साल जेष्ठ महिनाको विप्रेषण आप्रवाह १७६ अर्ब ३२ करोड रहेको छ ।सोही अवधिमा नेपाल सरकारको खर्च १२ खर्ब ८२ अर्ब ९४ करोड रहेको छ ।सोही अवधिमा राजस्व परिचालन १० खर्ब १६ अर्ब ९ करोड रहेको राष्ट्र बैंकले जनाएको छ ।उपभोक्ता मूल्य सूचकांकको आधारमा मुद्रास्फीति २.७२ प्रतिशत रहेको जनाइएको छ ।
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक असार ३२ गतेदेखि १ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्दै
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले असार ३२ गतेदेखि ‘शाइन रेसुङ्गा डिबेञ्चर’ नामक ऋणपत्र निष्कासन गर्न लागेको छ। बैंकले १० वर्ष अवधिको ऋणपत्र प्रतिकित्ता १,००० रुपैयाँको दरमा कुल १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र जारी गर्नेछ। तीमध्ये ६० प्रतिशत अर्थात् ६ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट र बाँकी ४० प्रतिशत अर्थात् ४ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गरिनेछ। सर्वसाधारणका लागि छुट्याइएको भागमध्ये ५ प्रतिशत ९२० हजार कित्ता० सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।
आजको लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ सात पैसा र बिक्रीदर १३७ रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ७३ पैसा र बिक्रीदर १६१ रुपैयाँ ४३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ५८ पैसा र बिक्रीदर १८७ रुपैयाँ ४० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ६७ पैसा कायम गरिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij