Logo

Aug 26 2025 | २०८२, भदौ १०गते

Aug 26 2025 | २०८२, भदौ १०गते

images

प्रभु इन्सुरेन्सको वार्षिक साधारण सभा साउन २३ गते, १८% बोनस सेयर र ४७%हकप्रद प्रस्ताव

प्रभु इन्सुरेन्सको वार्षिक साधारण सभा साउन २३ गते, १८% बोनस सेयर र ४७%हकप्रद प्रस्ताव

  •  

    काठमाडौं । प्रभु इन्सुरेन्स लिमिटेडले वार्षिक साधारण सभा साउन २३ गतेका दिन बोलाएको छ। सभा काठमाडौंको तिनकुनेस्थित प्रभु कम्प्लेक्समा बिहान ११ बजे सुरु हुनेछ।

    सभामा कम्पनीले सेयरधनीहरूलाई १८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव प्रस्तुत गर्नेछ। साथै, बोनस सेयर जारीपश्चात कायम हुने चुक्ता पुँजीमा आधारित भएर ४७ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव समेत सभामा पेश गरिनेछ।

    कम्पनीले यसअघि ५०।१५ प्रतिशत हकप्रद सेयर दिने योजना सार्वजनिक गरेको थियो। तर बोनस सेयरबाट पुँजीमा वृद्धि हुने भएकाले हकप्रद अनुपात घटाएर ४७ प्रतिशतमा झारिएको जानकारी दिएको छ।

    साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले साउन २ गते बुक क्लोज गर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij