Logo

Aug 26 2025 | २०८२, भदौ १०गते

Aug 26 2025 | २०८२, भदौ १०गते

images

हिम स्टार ऊर्जा कम्पनीको आइपीओमा २ दिनमै ११ लाखभन्दा बढीको आवेदन, १७ गुणा बढी माग

हिम स्टार ऊर्जा कम्पनीको आइपीओमा २ दिनमै ११ लाखभन्दा बढीको आवेदन, १७ गुणा बढी माग

  •  

    काठमाडौं । हिम स्टार ऊर्जा कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासनप्रति लगानीकर्ताको उत्साहजनक सहभागिता देखिएको छ। कम्पनीले असार २४ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला गरेकोमा दोस्रो दिनसम्मै ११ लाख २९ हजार ७५६ जनाले आवेदन दिएका छन्।

    सीडीएससीका अनुसार बुधबार (असार २५ गते) सम्म १ करोड ३४ हजार ३९० कित्ताका लागि आवेदन परेको छ, जुन मागभन्दा १७.३१ गुणा बढी हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा जम्मा ७ लाख ७३ हजार ९७५ कित्ता सेयर बिक्रीका लागि निष्कासन गरेको हो।

    यो आइपीओमा असार २७ गतेसम्म आवेदन दिन सकिनेछ। आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न पाउने व्यवस्था छ। आवेदन सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट वा मेरो सेयर पोर्टलमार्फत दिन सकिन्छ।

    हिम स्टार ऊर्जा कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी आइपीओ बाँडफाँट गरिसकेको छ। सर्वसाधारणका लागि खुला गरिएको हालको निष्कासनमा देखिएको चासोले प्राथमिक बजारमा लगानीकर्ताको आत्मविश्वास अझै कायम रहेको संकेत गर्दछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij