Logo

Oct 23 2025 | २०८२, कात्तिक ६गते

Oct 23 2025 | २०८२, कात्तिक ६गते

images

खानीखोला हाइड्रोपावरको १००% हकप्रद सेयर सुरक्षित गर्न आज अन्तिम मौका

खानीखोला हाइड्रोपावरको १००% हकप्रद सेयर सुरक्षित गर्न आज अन्तिम मौका

  •  

    काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शतप्रतिशत (१:१ अनुपातमा) हकप्रद सेयर सुरक्षित गर्ने आज, असार २६ गते, अन्तिम दिन हो। कम्पनीले असार २७ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम रहेका सेयरधनीहरूले मात्र हकप्रद सेयर आवेदन दिन सक्नेछन्।

    नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर सिटिन्स क्यापिटल लिमिटेडको व्यवस्थापनमा बिक्री हुने छ। यस हकप्रद सेयरबाट उठेको रकम कम्पनीले बैंकको ऋण भुक्तानीमा प्रयोग गर्ने योजना बनाएको छ।

    हाल कम्पनीको चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजार रुपैयाँ रहेको छ। १०० प्रतिशत हकप्रद निष्कासनपछि पुँजी दोब्बर भई ९३ करोड १४ लाख रुपैयाँ पुग्नेछ, जसले कम्पनीको वित्तीय आधार अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij