Logo

Aug 26 2025 | २०८२, भदौ १०गते

Aug 26 2025 | २०८२, भदौ १०गते

images

लेहेन्दे खोलाको बाढीले १० भन्दा बढी जलविद्युत आयोजना प्रभावित, २५० मेगावाट उत्पादन बन्द

लेहेन्दे खोलाको बाढीले १० भन्दा बढी जलविद्युत आयोजना प्रभावित, २५० मेगावाट उत्पादन बन्द

  •  


    काठमाडौँ । चीनको तिब्बत हुँदै नेपाल प्रवेश गरेको लेहेन्दे खोला (भोटेकोशी) मा आएको बाढीले रसुवा र नुवाकोटका १० भन्दा बढी निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत आयोजनामा ठूलो क्षति पुर्याएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इप्पान० का अनुसार, बाढीका कारण करिब २५० मेगावाट विद्युत उत्पादन बन्द भएको छ भने ३५० मेगावाटभन्दा बढी क्षमताका आयोजनाको निर्माण कार्यसमेत रोकिएको छ। यसले देशको ऊर्जा उत्पादन र आपूर्तिमा ठूलो असर पुर्याएको छ।

    बाढीबाट प्रभावित प्रमुख जलविद्युत आयोजना रसुवागढी (१११ मेगावाट), त्रिशूली ३ए (६० मेगावाट), त्रिशूली जलविद्युत केन्द्र (२५ मेगावाट), चिलिमे (२२ मेगावाट), माथिल्लो मैलुङ र देवीघाट (१४–१४ मेगावाट) तथा मैलुङ खोला ९५ मेगावाट० रहेका छन्। तीमध्ये अधिकांश आयोजना निजी क्षेत्रको सहभागितामा निर्माण भएका हुन्। देवीघाट, त्रिशूली र त्रिशूली ३ए बाहेकका सबै आयोजना निजी लगानीबाट सञ्चालित छन्। यी आयोजनाको उत्पादन प्रवाह हुने त्रिशूली ३बी हब सवस्टेशनमा क्षति पुगेकाले विद्युत प्रसारण अवरुद्ध भएको हो।

    बाढीले निर्माणाधीन अवस्थाका माथिल्लो त्रिशूली १ (२१६ मेगावाट), सुपर त्रिशूली ९१०० मेगावाट०, र त्रिशूली ३बी (३७ मेगावाट) जलविद्युत आयोजनालाई समेत क्षति पुर्‍याएको छ। साथै, त्रिशूली नदी करिडोरमा रहेका प्रसारण लाइन र सवस्टेशनहरूमा पनि क्षति हुँदा आगामी केही दिनसम्म उत्पादन र प्रसारण ठप्प हुने देखिएको छ। यसले दैनिक करोडौं रुपैयाँ बराबरको आर्थिक घाटा निम्त्याउने इप्पानको भनाइ छ।

    बाढीका बेला रसुवागढी जलविद्युत आयोजनामा कार्यरत ३६ जना सहित करिब १५० जनाको उद्धार नेपाल सरकार, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त प्रयासमा सुरक्षित रूपमा सम्पन्न गरेका छन्। इप्पानले देखाएको तदारुकता र समन्वयका लागि सम्बन्धित सबै निकायलाई धन्यवाद दिएको छ। साथै, क्षतिग्रस्त संरचनाको पुनःनिर्माण र विद्युत उत्पादन तथा प्रसारण यथाशीघ्र पुनः सुरु गर्न नीतिगत तथा प्रक्रियागत सहजीकरण गर्न सरकारलाई आग्रह समेत गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij