Logo

Jul 11 2025 | २०८२, असार २७गते

Jul 11 2025 | २०८२, असार २७गते

images

किराना पसल खोली अर्बौको अवैध क्रिप्टोकरेन्सी र हुण्डीको कारोबारमा दुई जना पक्राउ

किराना पसल खोली अर्बौको अवैध क्रिप्टोकरेन्सी र हुण्डीको कारोबारमा दुई जना पक्राउ

  • काठमाडौँ । किराना पसल खोली अर्बौको क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न दुई जना पक्राउ परेका छन् ।प्रहरीले ललितपुरको सानेपास्थित कालोपुलमा १५ वर्षदेखि पसल सञ्चालन गर्दै आएको ४३ वर्षीय भारतीय नागरिक रुपेश कुमार गुप्ता  र उनका सहयोग २२ वर्षीय विपिनकुमारलार्य पक्राउ गरेको हो ।

    ललितपुर महानगरपालिका वडा नम्बर–२ सानेपामा उनले सञ्चालन गरेको ‘राजतीर्थ ट्रेडर्स’मा भारतको बिहारस्थित पूर्वी चम्पारण घर भएका २२ वर्षीय विपिन कुमार उनका सहयोगी हुन् । किराना पसल सञ्चालक र सहयोगी दुवैजना अहिले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को नियन्त्रणमा  छन् ।

    प्रहरीले गरेको प्रारम्भिक अध्ययन अनुसार पसलको आवरणमा उनीहरूले हुन्डी र क्रिप्टोको कारोबार गरेको आरोप छ । मोबाइल र ल्यापटपमा भेटिएको विवरण हेर्दा रुपेश कुमारले अहिलेसम्म १ अर्ब ५० करोडको अवैध क्रिप्टो करेन्सीको कारोबार गरेको भेटिएको सीआईबीका एसएसपी होविन्द्र बोगटीले जानकारी सार्वजनिक गरेका हुन् । किराना पसलमार्फत उनीहरूले हुन्डी कारोबारमा  विपिनको भूमिका अहिलेसम्म ‘सहयोगी’को रूपमा मात्रै देखिएको उनले जनाएका छन् ।

    असार २३ मा पक्राउ परेका उनीहरू विरुद्ध प्रहरीले मुलुकी अपराध संहिता–२०७४ को अभौतिक मुद्राको प्रयोग गर्न नहुने र हुन्डी सम्बन्धी कारोबार गर्न नहुने कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।किराना पसल सर्च गर्दा कस्तुरीको विना पनि भेटिएको छ । पसलमा भेटिएको कस्तुरीको विनाको तौल ७४ ग्राम रहेको यसबारे दुर्लभ वन्यजन्तु कस्तुरीको विना कारोबार गरेकोमा आरोपीहरूमाथि थप अनुसन्धान गर्न जिल्ला वन कार्यालय काठमाडौँमा  उनीहरूलार्य पठाइएने छ ।

    वन कार्यालयले उनीहरूलाई वन्यजन्तु सम्बन्धी कसुरमा मुद्दा दायर गर्ने कानुनी व्यवस्था छ । कस्तुरीको विनाको अवैध बजार मूल्य प्रतितोला १ लाख रुपैयाँ पर्ने प्रहरीहरूको भनाइ छ ।रुपेश र उनका सहयोगीको मोबाइल परिक्षण गर्न सीआईबीले डिजिटल फरेन्सिक ल्याव (डीएफएल)मा पठाएको छ ।

    अभौतिक मुद्रा (क्रिप्टो)को कारोबारमा रुपेशको मात्रै वालेट प्रयोग भएको अनुसन्धानमा संलग्न अधिकारीहरूको भनाइ छ । रुपेशले क्रिप्टोको काम दुई वर्षदेखि सुरु गरेको देखिएको छ । ह्वाट्स एप मार्फत चिनियाँ भाषामा कुराकानी भएकाले यसको तार चिनियाँहरूसँग जोडिएको हुन सक्ने आशंका गरिएको छ ।त्यहीँ पसलमा रहेको आठ लाख २० हजार नेपाली रुपैयाँ र भारतीय १० हजार रुपैयाँ पनि बरामद गरिएको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij