Logo

Aug 26 2025 | २०८२, भदौ १०गते

Aug 26 2025 | २०८२, भदौ १०गते

images

तेह्रथुम पावरको १००% हकप्रद सेयर बिक्री खुला, आवेदन साउन ४ गतेसम्म

तेह्रथुम पावरको १००% हकप्रद सेयर बिक्री खुला, आवेदन साउन ४ गतेसम्म

  • काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले असार १६ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ। लगानीकर्ताले साउन ४ गतेसम्म यसमा आवेदन दिन सक्नेछन्।

    कम्पनीले १ः१ अनुपातमा ४० लाख कित्ता हकप्रद सेयर निष्कासन गरिरहेको छ, जसको अंकित मूल्य प्रति कित्ता १०० रुपैयाँ तय गरिएको छ। यसअनुसार, कम्पनीले कुल ४० करोड रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री गर्दैछ।

    यस हकप्रद सेयरका लागि कम्पनीले बुक क्लोज मिति जेठ ५ गते निर्धारण गरेको थियो। जेठ ४ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरूले मात्र हकप्रद सेयरको लागि आवेदन दिन सक्नेछन्।

    बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले लिएको छ। इच्छुक लगानीकर्ताहरूले नबिल इन्भेष्टमेन्ट बैंकिङको नारायणचौर, नक्सालस्थित कार्यालय, साथै नबिल बैंक र कुमारी बैंकको तोकिएका शाखाहरूबाट आवेदन दिन सक्नेछन्।

    त्यसका अतिरिक्त, धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, र मेरो सेयर प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

    हाल कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ। यो हकप्रद सेयरपछि पुँजी ८० करोड रुपैयाँ पुग्नेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij