Logo

Oct 28 2025 | २०८२, कात्तिक ११गते

Oct 28 2025 | २०८२, कात्तिक ११गते

images

काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक आज, बजेट तथा नीति कार्यक्रम पेसको तयारी

काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक आज, बजेट तथा नीति कार्यक्रम पेसको तयारी

  • काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले आज दिउँसो २ बजेका लागि कार्यपालिका बैठक आह्वान गरेका छन्। बैठकमार्फत आगामी आर्थिक वर्ष २०८२/८३ को नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्ने तयारी गरिएको छ।

    यसअघि, बिहान ११ बजे बजेट स्रोत समितिको बैठक बस्नेछ भने उपमेयर सुनिता डंगोलको नेतृत्वमा रहेको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक पनि आजै बस्ने कार्यक्रम तय गरिएको छ।

    कानुनी प्रक्रिया र औपचारिकता पूरा भएमा दिउँसो २ बजे कार्यपालिका बैठक बस्ने र सो बैठकले नीति तथा कार्यक्रमसहितको बजेट नगर सभामा पेस गर्ने तयारी रहेको छ।

    कार्यपालिकाको आजको बैठकले नगरसभाको बैठकको मिति पनि तोक्नेछ, जसअनुसार असार मसान्तभित्रै बजेट पारित गर्ने तयारी महानगरले गरेको छ। मेयर साहको नेतृत्वमा समयमै बजेट पारित गर्ने प्रयासका रूपमा आजको बैठकलाई महत्वपूर्ण मानिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij