Logo

Oct 23 2025 | २०८२, कात्तिक ६गते

Oct 23 2025 | २०८२, कात्तिक ६गते

images

हिमालयन पावर पार्टनरले ५० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि बोर्डमा निवेदन

हिमालयन पावर पार्टनरले ५० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि बोर्डमा निवेदन

  •  

    काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले हाल कायम चुक्तापूँजीको आधारमा ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेको छ। कम्पनीले १ बराबर ०.५ को अनुपातमा ५३ लाख २७ हजार ८५ कित्ता शेयर, अर्थात् ५३ करोड २७ लाख ८ हजार ५०० रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्न असार २४ गते सेबोनमा निवेदन दिएको हो।

    यसअघि कम्पनीको पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ। नियामक निकायको स्वीकृति प्राप्त भएलगत्तै, कम्पनीले हकप्रद शेयर निष्कासन प्रक्रिया अगाडि बढाउनेछ।

    ग्लोबल आइएमई क्यापिटल लिमिटेड हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा रहनेछ। पूँजी वृद्धि गर्दै आयोजना निर्माण र अन्य व्यावसायिक विस्तारमा लगानी गर्न हकप्रद शेयर निष्कासन गर्ने कम्पनीको योजना रहेको बताइएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij