Logo

Aug 23 2025 | २०८२, भदौ ७गते

Aug 23 2025 | २०८२, भदौ ७गते

images

बित्न लागेको वर्षमा बैंकहरूले राष्ट्र बैंकमै २१२ खर्ब रुपैया न्यूनदरमा निक्षेप बुझाए

बित्न लागेको वर्षमा बैंकहरूले राष्ट्र बैंकमै २१२ खर्ब रुपैया न्यूनदरमा निक्षेप बुझाए

  • काठमाडौँ । वाणिज्य बैंकहरूले एक वर्षमा २१२ खर्ब रुपैयाँ झण्डै ३ प्रतिशतको ब्याजदरमा नेपाल राष्ट्र बैंकलाई नै निक्षेप बुझाएा हुन् ।वैश्विक महामारी कोभिडले अर्थतन्त्रलाई ध्वस्त बनाएदेखि सुस्त गतिमा रहेको नेपालको उत्पादनमुखी  अर्थतन्त्रमा ऋणको माग नहुँदा वाणिज्य बैंकहरूले यत्रो ठुलो परिमाणको रकम केन्द्रीय बैंकलाई नै बुझाएको देखिएको हो ।

    सुस्त अर्थतन्त्रमा कर्जा लगानी नभए पछि तरलता व्यवस्थापन गर्न बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकको भरमा परेको देखिए । बजारमा कर्जाको माग नभएको कारण बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकले दिएको स्थायी निक्षेप सुविधाको प्रयोग गरेका छन् ।

    नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको १२ महिनामा बैंक तथा वित्तीय संस्थाबाट स्थायी निक्षेप सुविधा मार्फत २१२ खर्ब रुपैयाँभन्दा बढी  खिचेको देखिएको छ । राष्ट्र बैंकले बैंक चालु आर्थिक वर्षको १२ महिनाको २६ गतेसम्म तथा वित्त संस्थाबाट चालु आवको २१२ खर्ब ३१ अर्ब ८० करोड रुपैयाँ प्रशोचन गरेको हो । उक्त निक्षेपको ब्याजदर ३ प्रतिशत जति रहेको छ ।

    राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट १४८ पटक स्थायी निक्षेप प्रशोचन गरेको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत स्थायी निक्षेप सुविधा कार्यान्वयनमा ल्याएको थियो । राष्ट्र बैंकले ब्याजदर कोरिडोर प्रभावकारी कार्यान्वयन गर्न भन्दै मौद्रिक नीतिबाट ब्याजदर कोरिडोरको तल्लो सीमाका रूपमा रहेको निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा दिने गरेको छ । उक्त सुविधाको उपयोग गरी बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा निक्षेप राखेका हुन् ।

    पछिल्लो समय अर्थतन्त्रमा गतिशलता देखिएको हो । चालु आव समाप्त भइरहेका बेला आयात र निर्यात दुवैमा वृद्धि भएबाट अर्थतन्त्रमा गतिशीलता देखिएको हो । यो निरन्तर रहे र साउन १ गतेदेखि लागु हुने बजेट र मौद्रिक नीतिका व्यवस्थाहरू कार्यान्वयनमा आए उत्पादनमूलक क्षेत्रमा गतिशीलता आए बजारमा ऋणको माग बढ्ने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij