Logo

Oct 23 2025 | २०८२, कात्तिक ६गते

Oct 23 2025 | २०८२, कात्तिक ६गते

images

बरुण हाइड्रोपावरको १००% हकप्रद सेयर बिक्री खुला, साउन १९ गतेसम्म आवेदन दिन सकिने

बरुण हाइड्रोपावरको १००% हकप्रद सेयर बिक्री खुला, साउन १९ गतेसम्म आवेदन दिन सकिने

  •  

    काठमाडौँ ।बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले आज असार ३१ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ। कम्पनीले १:१ अनुपातमा ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर निष्कासन गरेको हो, जसको अंकित मूल्य प्रतिकित्ता रु १०० तोकिएको छ। यसअनुसार, कुल रु ५३ करोड ५८ लाख १५ हजार बराबरको सेयर निष्कासन गरिएको छ।

    उक्त हकप्रद सेयरका लागि कम्पनीले जेठ २२ गते बुक क्लोज गरिसकेको छ, जसका आधारमा जेठ २१ गतेसम्म कायम रहेका सेयरधनीले मात्र यो सेयरमा आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताहरूले साउन १९ गतेसम्म आवेदन दिन सक्ने छन्।

    यस हकप्रद सेयरको बिक्री व्यवस्थापनको जिम्मा आरबीबी मर्चेन्ड बैंकिङ लिमिटेड ले लिएको छ। लगानीकर्ताहरूले आरबीबी मर्चेन्ड बैंकिङ लिमिटेड, राष्ट्रिय वाणिज्य बैंकको तोकिएको शाखा, साथै धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थाहरू र ‘मेरो शेयर’ प्रणालीमार्फत समेत आवेदन दिन सक्ने छन्।

    हाल बरुण हाइड्रोपावरको चुक्ता पुँजी रु ५३ करोड ५८ लाख १५ हजार रहेको छ। हकप्रद सेयर निष्कासनपश्चात कम्पनीको चुक्ता पुँजी रु १ अर्ब ७ करोड १६ लाख ३० हजार पुग्नेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij